भारतमा २१ वर्षीय युवकको कोरोनाबाट मृत्यु

काठमाडौँ। भारतको महाराष्ट्रको ठाणे शहरमा कोभिड-१९ का कारण एक युवकको मृत्यु भएको छ। बीबीसी मराठीका अनुसार ठाणेमा कोरोनाबाट मृत्यु भएका युवक २१ वर्षका थिए। उनलाई गम्भीर मधुमेहका कारण मे २२ मा अस्पताल भर्ना गरिएको थियो। यसपछि, शुक्रबार अर्थात् मे २३ मा उनको कोरोना परीक्षण गर्दा उसंक्रमण पुष्टि भएको थियो। यसैबीच, नोएडामा एक ५५ वर्षीया महिलामा […]

May 24, 2025 - 18:04
 0
भारतमा २१ वर्षीय युवकको कोरोनाबाट मृत्यु

काठमाडौँ।

भारतको महाराष्ट्रको ठाणे शहरमा कोभिड-१९ का कारण एक युवकको मृत्यु भएको छ।

बीबीसी मराठीका अनुसार ठाणेमा कोरोनाबाट मृत्यु भएका युवक २१ वर्षका थिए। उनलाई गम्भीर मधुमेहका कारण मे २२ मा अस्पताल भर्ना गरिएको थियो। यसपछि, शुक्रबार अर्थात् मे २३ मा उनको कोरोना परीक्षण गर्दा उसंक्रमण पुष्टि भएको थियो।

यसैबीच, नोएडामा एक ५५ वर्षीया महिलामा कोभिड-१९ पोजेटिभ पाइएको गौतम बुद्ध नगरका सीएमओ नरेन्द्र कुमारले दिएका छन्।

भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयको वेबसाइटमा दिइएको जानकारी अनुसार, हाल महाराष्ट्रमा कोरोनाका ५६ सक्रिय केसहरू छन्।

हालै भारत लगायत धेरै एसियाली देशहरूमा कोरोनाका नयाँ केसहरू फेरि देखा पर्न थालेका छन्।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register