बेलायतका नेपाली पेशागत विज्ञहरूको सहकार्य अब नीति अनुसन्धान प्रतिष्ठानसँग

काठमाडौँ – बेलायतस्थित नेपाली पेशागत विज्ञहरूको संस्था सोसाइटी अफ नेपालिज प्रोफेशनल्स-यूके (एसओएनपी-यूके) र नीति अनुसन्धान प्रतिष्ठानबीच नीति अनुसन्धान, क्षमता विकास र ज्ञान आदानप्रदानमा सहकार्य प्रवर्द्धन गर्ने उद्देश्यले एक समझदारीपत्रमा हस्ताक्षर भएको छ। प्रतिष्ठानको कार्यालयमा बुधबार आयोजित एक समारोहमा प्रतिष्ठानका कार्यालय प्रमुख लक्ष्मणप्रसाद भट्टराई र एसओएनपी-यूके अध्यक्ष गजेन्द्र कटुवालले समझदारीपत्रमा हस्ताक्षर गरे। कार्यक्रममा प्रतिष्ठानका कार्यकारी अध्यक्ष […]

Jun 5, 2025 - 05:25
 0
बेलायतका नेपाली पेशागत विज्ञहरूको सहकार्य अब नीति अनुसन्धान प्रतिष्ठानसँग

काठमाडौँ – बेलायतस्थित नेपाली पेशागत विज्ञहरूको संस्था सोसाइटी अफ नेपालिज प्रोफेशनल्स-यूके (एसओएनपी-यूके) र नीति अनुसन्धान प्रतिष्ठानबीच नीति अनुसन्धान, क्षमता विकास र ज्ञान आदानप्रदानमा सहकार्य प्रवर्द्धन गर्ने उद्देश्यले एक समझदारीपत्रमा हस्ताक्षर भएको छ।

प्रतिष्ठानको कार्यालयमा बुधबार आयोजित एक समारोहमा प्रतिष्ठानका कार्यालय प्रमुख लक्ष्मणप्रसाद भट्टराई र एसओएनपी-यूके अध्यक्ष गजेन्द्र कटुवालले समझदारीपत्रमा हस्ताक्षर गरे।

कार्यक्रममा प्रतिष्ठानका कार्यकारी अध्यक्ष प्रा. डा. लेखनाथ शर्मा र अनुसन्धान फेलोहरूको उपस्थिति थियो।

नीति अनुसन्धान प्रतिष्ठान  र बेलायतस्थित एसओएनपी-यूकेबीच नीति अनुसन्धान, क्षमता विकास र ज्ञान आदानप्रदानमा सहकार्य प्रवर्द्धन गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको हो । यो समझदारीपत्र प्रारम्भमा चार वर्षका लागि मान्य हुनेछ र कुनै पक्षले पूर्व-लिखित सूचना नदिएसम्म स्वतः थप चार वर्षका लागि नवीकरण हुनेछ।

नेपाल र बेलायतमा रहेका पेशेवरहरूलाई जोड्दै यो सहकार्यले व्यापक नीति अनुसन्धान संस्कृति विकास गर्ने लक्ष्य लिएको छ।

समारोहमा अध्यक्ष कटुवालले एसओएनपी-यूकेको उद्देश्य, दक्षता क्षेत्र र चालु गतिविधिबारे जानकारी दिँदै नेपालमा प्रभावकारी सहकार्यको सम्भावनाबारे बताए ।

उनले प्रतिष्ठानसंग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गर्दै प्रवासमा बसेर पनि नेपालको दिगो विकास र रुपान्तरणमा सक्दो योगदान गर्ने हुटहुटीले गर्दा आफूहरु नीति अनुसन्धान प्रतिष्ठानसंग जोडिन आइपुगेको बताए।

त्यस्तै, प्रा. डा. शर्माले नेपालको सार्वजनिक नीति निर्माणमा अन्तर्राष्ट्रिय अनुभव र पेशागत विज्ञताको महत्त्वपूर्ण भूमिका हुने कुरामा जोड दिए । 

प्रतिष्ठानका अनुसन्धान फेलोहरूले सहकार्यका सम्भावित प्रारम्भिक तथा दीर्घकालीन गतिविधिबारे आफ्नो धारणा राखेका थिए ।


समझदारीपत्रमा निम्नानुसार सहयोगको रूपरेखा समावेश छ:

क्षमता विकास: संयुक्त प्रशिक्षण, कार्यशाला तथा नीति विश्लेषण सम्बन्धी सीप अभिवृद्धि कार्यक्रमहरू

ज्ञान आदानप्रदान: अनुसन्धान निष्कर्ष, नीति सम्बन्धी अन्तर्दृष्टि र सफल अभ्यासहरूको आदानप्रदान

संयुक्त अनुसन्धान: सह-लेखकत्वमा नीति अध्ययन, प्रकाशन र तथ्यमा आधारित विश्लेषणहरू

पेशागत आदानप्रदान: भर्चुअल प्रवचन, वेबिनार, संस्था भ्रमण तथा सञ्जाल विस्तारका अवसरहरू

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register