एनआईसी एशिया बैंकको नाफा ह्वात्तै घट्यो, ईपीएसमा भारी गिरावट, वितरणयोग्य मुनाफा पनि ऋणात्मक 

काठमाडौँ । एनआईसी एशिया बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार दोस्रो त्रैमाससम्म बैंकले १५ करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको तुलनामा ९२.०३ प्रतिशत कम हो । गत आर्थिक वर्षको पुष मसान्तसम्म बैंकले १ अर्ब […]

Jan 20, 2025 - 02:09
 0
एनआईसी एशिया बैंकको नाफा ह्वात्तै घट्यो, ईपीएसमा भारी गिरावट, वितरणयोग्य मुनाफा पनि ऋणात्मक 

काठमाडौँ । एनआईसी एशिया बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार दोस्रो त्रैमाससम्म बैंकले १५ करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको तुलनामा ९२.०३ प्रतिशत कम हो । गत आर्थिक वर्षको पुष मसान्तसम्म बैंकले १ अर्ब ९० करोड रुपैयाँ नाफा कमाएको थियो । 

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६.४० प्रतिशतले घटेर ५ अर्ब १८ करोड कायम भएको छ । त्यस्तै, कम्पनीको इम्पेयरमेन्ट चार्ज भने ४८ करोडबाट बढेर २ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ । इम्पेयरमेन्ट चार्ज ह्वात्तै बढेकै कारण बैंकको नाफा दबाबमा परेको हो । 

यता पुष मसान्तसम्म बैंकको सञ्चालन नाफा पनि ९०.४० प्रतिशतले घटेको छ । यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ६५ करोड ५७ लाख रुपैयाँ ऋणात्मक छ ।

त्यस्तै, यस अवधिमा बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि २३ रुपैयाँ ५५ पैसाले घटेर २ रुपैयाँ ०४ पैसामा झरेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १ सय ९८ रुपैयाँ ९२ पैसा रहेको छ । 

हाल चुक्ता पुँजी १४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा १७ अर्ब ४१ करोड रुपैयाँ जम्मा रहेको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register