पेट्रोलको मूल्य ५ रुपैयाँले घटेसँगै काठमाडौंका अधिकांश पेट्रोल पम्प बन्द

काठमाडौँ ।  पेट्रोलको मूल्य घटेसँगै काठमाडौँका अधिकांश पेट्रोल पम्प बन्द गरिएको पाइएको छ । पेट्रोलको मूल्य घट्दा घाटा भएको भन्दै अधिकांश पेट्रोल पम्प बन्द गरिएको पाइएको हो । पेट्रोल पम्पहरुमा  पेट्रोल नभएको बहाना बनाएर ‘पेट्रोल छैन’, ‘ बन्द’ लगायतका पर्चा समेत टासिएको छ । नेपाल आयल निगमले शनिबार मध्यरातदेखि लागू हुने गरी पेट्रोलको मूल्य घटाएको […]

Mar 16, 2025 - 06:11
 0
पेट्रोलको मूल्य ५ रुपैयाँले घटेसँगै काठमाडौंका अधिकांश पेट्रोल पम्प बन्द

काठमाडौँ ।  पेट्रोलको मूल्य घटेसँगै काठमाडौँका अधिकांश पेट्रोल पम्प बन्द गरिएको पाइएको छ । पेट्रोलको मूल्य घट्दा घाटा भएको भन्दै अधिकांश पेट्रोल पम्प बन्द गरिएको पाइएको हो ।

पेट्रोल पम्पहरुमा  पेट्रोल नभएको बहाना बनाएर ‘पेट्रोल छैन’, ‘ बन्द’ लगायतका पर्चा समेत टासिएको छ ।

नेपाल आयल निगमले शनिबार मध्यरातदेखि लागू हुने गरी पेट्रोलको मूल्य घटाएको हो । पेट्रोलको मूल्य ५ रुपैयाँले घटेको छ भने डिजेल र मट्टीतेलको मूल्य पनि ४ रुपैयाँले घटेको छ ।

मूल्य घटेसँगै पहिलो, दोस्रो र तेस्रो वर्गमा पेट्रोल क्रमशः प्रतिलिटर एक सय ६० रुपैयाँ ५० पैसा, एक सय ६२ रुपैयाँ र एक सय ६३ रुपैयाँ तथा डिजेल÷मट्टितेल प्रतिलिटर एक सय ४८ रुपैयाँ ५० पैसा, एक सय ५० रुपैयाँ र एक सय ५१ रुपैयाँ कायम भएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register