हमासले तीन इजरायली महिला बन्धकलाई रिहा गरेको पुष्टि

काठमाडौं । प्यालेस्टाइनी संगठन हमासले तीन इजरायली महिला बन्धकलाई रिहा गरेको छ । हमासले रेडक्रसका अधिकारीहरूमार्फत तीन इजरायली बन्धकलाई इजरायली सेना (आईडीएफ)लाई सुम्पेको हो । रिहापछि ती बन्धकलाई इजरायल लगिएको छ । ‘रिहा भएकाहरूलाई विशेष आईडीएफ इकाई र शिन बेट सुरक्षा बलहरूले इजरायलमा फिर्ता लगेका छन्, जहाँ उनीहरूको प्रारम्भिक चिकित्सा चाँच गरिएको छ,’ इजरायली सेनाले […]

Jan 20, 2025 - 02:09
 0
हमासले तीन इजरायली महिला बन्धकलाई रिहा गरेको पुष्टि

काठमाडौं । प्यालेस्टाइनी संगठन हमासले तीन इजरायली महिला बन्धकलाई रिहा गरेको छ । हमासले रेडक्रसका अधिकारीहरूमार्फत तीन इजरायली बन्धकलाई इजरायली सेना (आईडीएफ)लाई सुम्पेको हो ।

रिहापछि ती बन्धकलाई इजरायल लगिएको छ ।

‘रिहा भएकाहरूलाई विशेष आईडीएफ इकाई र शिन बेट सुरक्षा बलहरूले इजरायलमा फिर्ता लगेका छन्, जहाँ उनीहरूको प्रारम्भिक चिकित्सा चाँच गरिएको छ,’ इजरायली सेनाले भनेको छ ।

आईडीएफ कमाण्डर र सैनिकहरूले इजरायल फर्केका ती मानिसहरूलाई अभिवादन गर्दै अंकमाल गरेको बीबीसीको समाचारमा उल्लेख छ ।

‘तीन महिला बन्धकहरूलाई आधिकारिक रूपमा पश्चिमी गाजा सहरको अल–रिमाल जजिकको अल–सराया स्क्वायरमा रेड क्रसलाई सुम्पिएका छौँ,’ हमासका एक अधिकारीले एएफपीलाई बताए ।

युद्धविराम सम्झौताअन्तर्गत इजरायलका तीन महिला बन्धकहरूलाई रिहा गर्ने भनिएको थियो । जसमा २४ वर्षीय रोमी गोनेन, २८ वर्षीया एमिली डमारी र ३१ वर्षीय डोरोन स्टेनब्रेचर रहेका छन् ।

यी तीन बन्धकहरूको बदलामा इजरायलले ९० प्यालेस्टिनी बन्दीलाई रिहा गर्नेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register