लेखा समिति सभापति पोखरेलका पूर्व स्वकीय सचिव धरौटीमा रिहा
काठमाडौं । जिल्ला अदालत मोरङले प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिलकुमार पोखरेललाई ५ लाख धरौटीमा छाड्ने आदेश दिएको छ । गत २५ पुसमा पक्राउ परेका पूर्वस्वकीय सचिव पोखरेललाई बिहीबार न्यायाधीश चित्रबहादुर गुरुङको एकल इजलासले ५ लाख धरौटीमा छाड्ने आदेश दिएको हो । उनले पार्टीको कोटामा एमबीबीएसमा नाम निकालिदिने भन्दै सप्तरीको अग्नीसाईर […]

काठमाडौं । जिल्ला अदालत मोरङले प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिलकुमार पोखरेललाई ५ लाख धरौटीमा छाड्ने आदेश दिएको छ ।
गत २५ पुसमा पक्राउ परेका पूर्वस्वकीय सचिव पोखरेललाई बिहीबार न्यायाधीश चित्रबहादुर गुरुङको एकल इजलासले ५ लाख धरौटीमा छाड्ने आदेश दिएको हो ।
उनले पार्टीको कोटामा एमबीबीएसमा नाम निकालिदिने भन्दै सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका–५ का बौआलाल चौधरीलाई २०७१ देखि २०७३ सालसम्म ३८ लाख ८० हजार रुपैयाँ ठगी गरेको आरोप छ ।
प्रहरीले पोखरेलविरुद्धको अनुसन्धान १२ दिनमै सकेर मङ्गलवार अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको थियो ।
What's Your Reaction?






