छविलाल जोशीको बयान सकियो, लिला पछाईंको जारी

काठमाडौं । सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधको मुद्दामा गोर्खा मिडियाका पूर्वउपाध्यक्ष तथा नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीको बयान सकिएको छ । जिल्ला अदालत कास्कीका न्यायाधीश नितिज राईले बयान लिएका हुन् । त्यसलगत्तै सहकारीको रकम अपचलनको अभियोग लागेकी लिला पछाईंको बयान सुरु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको बयान आज […]

Dec 24, 2024 - 11:32
 0
छविलाल जोशीको बयान सकियो, लिला पछाईंको जारी

काठमाडौं । सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधको मुद्दामा गोर्खा मिडियाका पूर्वउपाध्यक्ष तथा नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीको बयान सकिएको छ ।

जिल्ला अदालत कास्कीका न्यायाधीश नितिज राईले बयान लिएका हुन् । त्यसलगत्तै सहकारीको रकम अपचलनको अभियोग लागेकी लिला पछाईंको बयान सुरु भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको बयान आज पनि सुरु हुन सकेन । रविसँगै छवि, लिला र रामबहादुर खनाललाई मङ्गलबार पनि दिनभर जिल्ला अदालतमा राखिएको थियो ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा आइतबार मुद्दा दायर भएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register