रातो बाँदरलाई पहिलोपटक कृषि हानिकारक वन्यजन्तु घोषणा

काठमाडौँ । सरकारले रातो बाँदरलाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको छ । बिहीबार राजपत्रका एक सूचना प्रकाशित गर्दै सरकारले जङ्गली रातो बाँदरलाई एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको हो ।  योसँगै अब जङ्गली रातो बाँदर निजी खेत, बारीमा आएर क्षति पुर्याए बिनाअनुमति धपाउन, लखेट्न र समात्न पाइनेछ  । कृषि बाली जोगाउने क्रममा जनावर […]

Jan 24, 2025 - 02:49
 0
रातो बाँदरलाई पहिलोपटक कृषि हानिकारक वन्यजन्तु घोषणा

काठमाडौँ । सरकारले रातो बाँदरलाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको छ । बिहीबार राजपत्रका एक सूचना प्रकाशित गर्दै सरकारले जङ्गली रातो बाँदरलाई एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको हो । 

योसँगै अब जङ्गली रातो बाँदर निजी खेत, बारीमा आएर क्षति पुर्याए बिनाअनुमति धपाउन, लखेट्न र समात्न पाइनेछ  ।

कृषि बाली जोगाउने क्रममा जनावर मरे त्यसको विवरण राखेर स्थानीय तहको रोहबरमा मुचुल्का उठाएर गाड्नसमेत पाइनेछ । तर, समातेको हकमा भने सम्बन्धित राष्ट्रिय निकुञ्ज कार्यालय, वन्यजन्तु आरक्ष कार्यालय, शिकार आरक्ष वा संरक्षण क्षेत्रको कार्यालय, डिभिजन वन कार्यालय वा मातहत नजिक कार्यालयमा बुझाउनुपर्नेछ ।

पछिल्लो समय बाँदर आतङ्कका कारण किसान लामो समयदेखि आजित छन् । कतिपय स्थानीय तहले त बाँदर धपाउन कर्मचारी नै नियुक्त गरेका छन् । कृषिबालीमा बाँदरको आतङ्क थेगिनसक्नु भएपछि किसानको व्यापक गुनासोपछि सरकारले रातो बाँदरलाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको हो । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register