जन्मेकै आधारमा नागरिकता पाउने व्यवस्था हटाउने ट्रम्पको आदेश अदालतले रोक्यो 

काठमाडौँ । अमेरिकाको अदालतले जन्मेकै आधारमा नागरिकता पाउने व्यवस्था हटाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेश रोकेको छ । अदालतले ट्रम्पको उक्त कार्यकारी आदेशलाई असंवैधानिक भन्दै तत्कालका लागि उक्त आदेश रोकेको हो ।  ट्रम्पको उक्त आदेशविरुद्ध परेको मुद्दाको सुनुवाइ गर्दै संघीय जिल्ला अदालतका न्यायाधीश जोन सी कोफनरले ट्रम्पको उक्त आदेश कार्यान्वयनमा अस्थायी रुपमा रोक लगाएका हुन् […]

Jan 24, 2025 - 03:13
 0
जन्मेकै आधारमा नागरिकता पाउने व्यवस्था हटाउने ट्रम्पको आदेश अदालतले रोक्यो 

काठमाडौँ । अमेरिकाको अदालतले जन्मेकै आधारमा नागरिकता पाउने व्यवस्था हटाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेश रोकेको छ । अदालतले ट्रम्पको उक्त कार्यकारी आदेशलाई असंवैधानिक भन्दै तत्कालका लागि उक्त आदेश रोकेको हो । 

ट्रम्पको उक्त आदेशविरुद्ध परेको मुद्दाको सुनुवाइ गर्दै संघीय जिल्ला अदालतका न्यायाधीश जोन सी कोफनरले ट्रम्पको उक्त आदेश कार्यान्वयनमा अस्थायी रुपमा रोक लगाएका हुन् । 

अदालतले ट्रम्पको उक्त आदेशलाई १४ दिनका लागि रोक लगाएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । यद्यपि १४ दिनपछि उक्त आदेशलाई नवीकरणसमेत गर्न सकिनेछ । 

ट्रम्पले राष्ट्रपतिको सपथ ग्रहण गर्दै अमेरिकामा जन्मेकै आधारमा नागरिक पाउने व्यवस्था हटाउने आदेशमा हस्ताक्षर गरेका थिए । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register