एनएमबि बैंकको ८६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौँ । एनएमबि बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले बैशाख १७ गतेबाट आफ्ना संस्थापक सेयरधनीको नाममा रहेको ८६ हजार ७ सय ११ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । उक्त सेयरमा जो कोहि व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । यसअघि विद्यमान संस्थापक सेयरधनीहरुले मात्र आवेदन दिन मिल्ने गरी सेयर […]

Apr 30, 2025 - 08:28
 0
एनएमबि बैंकको ८६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौँ । एनएमबि बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले बैशाख १७ गतेबाट आफ्ना संस्थापक सेयरधनीको नाममा रहेको ८६ हजार ७ सय ११ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयरमा जो कोहि व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । यसअघि विद्यमान संस्थापक सेयरधनीहरुले मात्र आवेदन दिन मिल्ने गरी सेयर बिक्रीमा ल्याईएको थियो । सो अवधिमा सेयर बिक्री नभएपछि सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी बिक्री खुला गरिएको बैंकले जनाएको छ ।

सेयर खरिद गर्न इच्छुकले आगामी १५ दिनभित्र बैंकको कार्यालय, बबरमहल, काठमाडौंमा आवेदन दिनुपर्नेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register