नेप्से सूचक १६.५४ अंकले बढ्यो

Jun 1, 2023 - 09:43
 0
नेप्से सूचक १६.५४ अंकले बढ्यो
नेप्से सूचक १६.५४ अंकले बढ्यो

काठमाडौँ । बिहीबार सेयर बजारमा झिनो अंकको सुधार देखिएको छ । आर्थिक वर्ष २०८०/८१ को बजेट भाषणपछि भारी गिरावट आएको नेप्से सूचक बिहीबार १६.५४ अंकले बढेर १८६६ विन्दुमा कायम हुन पुगेको छ ।

अघिल्ला दिनको तुलनामा बिहीबार कारोबार रकम भने घट्न पुगेको छ । नेप्सेमा सूचीकृत २७२ कम्पनीको ६१ लाख २८ हजार ६२१ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ६५ करोड ४६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, नेप्सेमा रहेका सबै उपसूचकमा बिहीबार हरियाली छाएको छ । सर्वाधिक निर्जीवन बिमा उपसूचक १.९३ प्रतिशत र होटल तथा पर्यटन उपसूचक १.४९ प्रतिशतल बढेको छ ।

सर्वाधिक प्रभु बैंकको प्रोमोटर शेयर २३ करोड २१ लाख रुपैयाँ, शिवम् सिमेन्ट्सको ११ करोड २५ लाख, एनआइसी एशिया बैंकको ४ करोड ५५ लाख, नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड ४१ लाख र निर्धन उत्थान लघुवित्तको ३ करोड ३१ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1

This site uses cookies.

By continuing to browse this site you are agreeing to our use of cookies.