आज ७६औं गणतन्त्र दिवस मनाउँदै भारत, मोदीदेखि मायावतीसम्मले दिए शुभकामना
काठमाडौं । छिमेकी देश भारतले आज (आइतबार) ७६औं गणतन्त्र दिवस मनाउँदै छ । यस अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीलगायत नेताहरूले देशबासीलाई शुभकामना दिएका छन् । प्रधानमन्त्री मोदीले भारतको संविधान निर्माण गरेर लोकतन्त्र, स्वाभिमान र एकतामा आधारित विकास यात्रा सुनिश्चित गर्ने सबै व्यक्तित्वलाई सामाजिक सञ्जालमार्फत् सम्झिएका छन् । ‘गणतन्त्र दिवसको धेरै–धेरै शुभकामना । यस अवसरमा हाम्रो संविधान […]

काठमाडौं । छिमेकी देश भारतले आज (आइतबार) ७६औं गणतन्त्र दिवस मनाउँदै छ । यस अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीलगायत नेताहरूले देशबासीलाई शुभकामना दिएका छन् ।
प्रधानमन्त्री मोदीले भारतको संविधान निर्माण गरेर लोकतन्त्र, स्वाभिमान र एकतामा आधारित विकास यात्रा सुनिश्चित गर्ने सबै व्यक्तित्वलाई सामाजिक सञ्जालमार्फत् सम्झिएका छन् ।
‘गणतन्त्र दिवसको धेरै–धेरै शुभकामना । यस अवसरमा हाम्रो संविधान निर्माण गरेर लोकतन्त्र, स्वाभिमान र एकतामा आधारित हाम्रो विकास यात्रा सुनिश्चित गर्ने सबै महान् व्यक्तित्वहरूलाई हामी सलाम गर्दछौं,’ उनले इन्स्टाग्राममा लेखेका छन् ।
यस्तै रक्षामन्त्री राजनाथ सिंहले ट्वीटरमा लेखेका छन् , ‘देशवासीहरूलाई गणतन्त्र दिवसको शुभकामना । यो हाम्रो लोकतन्त्र मनाउने अवसर हो ।’
यसैगरी समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवले पनि गणतन्त्र दिवसको शुभकामना दिएका छन् । उनले ट्वीटरमा लेखेका छन्, ‘गणतन्त्र दिवसको पावन अवसरमा सबैलाई हार्दिक बधाई तथा शुभकामना ।’
साथै बहुजन समाज पार्टीकी प्रमुख मायावतीले इन्स्टाग्राममा लेखेकी छिन्, ‘भारतको ७६औँ गणतन्त्र दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण भारतीयहरूलाई हार्दिक बधाई तथा शुभकामना ।’
What's Your Reaction?






