एनएमबि बैंकको सिष्टम बिग्रेको खुलासापछि पैसा झिक्नेहरु ह्वात्तै बढे, बैंकको दाबी-‘सिष्टममा एक रात समस्या हो, अहिले ठिकै छ’

काठमाडौँ । एनएमबि बैंकको सिष्टमा समस्या हुँदा बैंकका ग्राहकको खाताबाट करोडौँ रुपैयाँ चोरी भएको खुलासा भएको छ । बैंकले सिष्टम अपग्रेड गर्दा सिष्टममा समस्या आउँदा सो बैंकमा रहेका ग्राहकहरुको करोडौँ रुपैयाँ खाताबाटै चोरी भएको हो । बैंकबाट करोडौँ रुपैयाँ चोरिएको खुलासा भएपछि सो बैंकमा रहेको आफ्नो खाताको पैसा ट्रान्सफर गरेर अरु बैंकमा सार्नेहरुको संख्या ह्वात्तै […]

Jan 27, 2025 - 05:44
 0
एनएमबि बैंकको सिष्टम बिग्रेको खुलासापछि पैसा झिक्नेहरु ह्वात्तै बढे, बैंकको दाबी-‘सिष्टममा एक रात समस्या हो, अहिले ठिकै छ’

काठमाडौँ । एनएमबि बैंकको सिष्टमा समस्या हुँदा बैंकका ग्राहकको खाताबाट करोडौँ रुपैयाँ चोरी भएको खुलासा भएको छ । बैंकले सिष्टम अपग्रेड गर्दा सिष्टममा समस्या आउँदा सो बैंकमा रहेका ग्राहकहरुको करोडौँ रुपैयाँ खाताबाटै चोरी भएको हो ।

बैंकबाट करोडौँ रुपैयाँ चोरिएको खुलासा भएपछि सो बैंकमा रहेको आफ्नो खाताको पैसा ट्रान्सफर गरेर अरु बैंकमा सार्नेहरुको संख्या ह्वात्तै बढेको छ । सिष्टम नै बिग्रिएको बैंकमा आफ्नो पैसा हराउने  देखेपछी ग्राहकहरुले खाताबाट पैसा झिक्न थालेका हुन् ।

यता, बैंकले भने खाताबाटै ग्राहकहरुको पैसा हराएको स्वीकार गरेको छ र ग्राहकहरुको पैसा फिर्ता गर्ने प्रक्रियामा रहेको बताएको छ । बैंकले सिष्टममा एक रात मात्र समस्या आएको र अहिले सबै ठिकै भएको दावी गरिरहेको छ । तर, एनएमबि बैंकले यो घटनलाई गुपचुप राख्न खोजिएको तथ्य समेत बाहिरिएको छ ।

यस्तो घटनाले एनएमबि बैंकको सिष्टम कुन हदसम्म असुरक्षित रहेछ भन्ने तथ्य प्रमाणित भएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register