सोमबार १०.६१ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौँ । साताको कारोबारको दोश्रो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक १०.६१ अंकले घटेर २६३३.३२ बिन्दुमा पुगेको हो । नेप्सेमा कुल ३ सय १२ कम्पनीको एक करोड ७२ लाख ५३ हजार ५ सय ७६ कित्ता सेयर खरिद बिक्री हुँदा ८ अर्ब ९२ करोडमाथिको सेयर कारोबार भएको छ । […]

Jan 27, 2025 - 09:38
 0
सोमबार १०.६१ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौँ । साताको कारोबारको दोश्रो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक १०.६१ अंकले घटेर २६३३.३२ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय १२ कम्पनीको एक करोड ७२ लाख ५३ हजार ५ सय ७६ कित्ता सेयर खरिद बिक्री हुँदा ८ अर्ब ९२ करोडमाथिको सेयर कारोबार भएको छ । आजको बजारमा सबैभन्दा धेरै कारोबार सिन्धु विकास बैंक लिमिटेडको भएको छ । यस कम्पनीको २९ करोड ८३ लाख ७९ हजार ८ सय १३ रुपैयाँ ३० पैसा बराबरको कारोबार भएको छ ।

त्यस्तै, सोमबारको बजारमा न्यादी हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो ।

यता, सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ८ प्रतिशत भन्दा धेरैले घटेको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register