दश अङ्कले घट्यो सेयर बजार

काठमाडौं । साताको कारोबारको दोस्रो दिन आज सेयर बजारमा दोहोरो अङ्कको गिरावट आएको छ । आज नेप्से परिसूचक १० दशमलव ६१ अङ्कले घटेर २६३३ दशमलव ३२ को विन्दुमा पुगेको छ । सोमबार ३१२ कम्पनीका ८७ हजार ५६४ पटकको कारोबारमा १ करोड ७२ लाख ५३ हजार ५७६ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार […]

Jan 27, 2025 - 09:35
 0
दश अङ्कले घट्यो सेयर बजार

काठमाडौं । साताको कारोबारको दोस्रो दिन आज सेयर बजारमा दोहोरो अङ्कको गिरावट आएको छ । आज नेप्से परिसूचक १० दशमलव ६१ अङ्कले घटेर २६३३ दशमलव ३२ को विन्दुमा पुगेको छ ।

सोमबार ३१२ कम्पनीका ८७ हजार ५६४ पटकको कारोबारमा १ करोड ७२ लाख ५३ हजार ५७६ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ८ अर्ब ९२ करोड ४० लाख ६५ हजार ८८८ रुपैयाँ रहेको छ ।

१०५ कम्पनीको सेयर मूल्य बढ्दा १२९ कम्पनीको घटेको छ भने ९ कम्पनीको मूल्य स्थिर रहेको छ । न्यादी हाइड्रोपावरका लगानीकर्ताले १० प्रतिशतका दरले कमाउँदा आज सिन्धु विकास बैङ्कमा लगानीकर्ता झुम्मिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register