प्रवासी नेपाली मञ्च यूकेले चुन्यो सर्वसम्मत नेतृत्व, अध्यक्ष बने पशुपति पोखरेल

लन्डन- नेकपा एमालेनिकट प्रवासी नेपाली मञ्च (ओएनएफ) यूकेमा नयाँ नेतृत्व चुनिएको छ । आइतबार अबेर बेलायतको लेष्टरमा सम्पन्न अधिवेशनले पशुपति पोखरेलको नेतृत्वमा सर्वसम्मत नयाँ कमिटी निर्वाचित गरेको हो । नवनिर्वाचित कमिटीको चार उपाध्यक्षमा प्रतिमा जिसी, डा मुकुन्द बास्तोला, लिलामान शेरपुञ्जा पुन र सुदेशा बजगाईं छन् । सचिवको जिम्मेवारी गंगा क्षेत्रीले पाएका छन् भने उपसचिवमा हरि […]

Jun 16, 2025 - 00:19
 0
प्रवासी नेपाली मञ्च यूकेले चुन्यो सर्वसम्मत नेतृत्व, अध्यक्ष बने पशुपति पोखरेल

लन्डन- नेकपा एमालेनिकट प्रवासी नेपाली मञ्च (ओएनएफ) यूकेमा नयाँ नेतृत्व चुनिएको छ ।

आइतबार अबेर बेलायतको लेष्टरमा सम्पन्न अधिवेशनले पशुपति पोखरेलको नेतृत्वमा सर्वसम्मत नयाँ कमिटी निर्वाचित गरेको हो ।

नवनिर्वाचित कमिटीको चार उपाध्यक्षमा प्रतिमा जिसी, डा मुकुन्द बास्तोला, लिलामान शेरपुञ्जा पुन र सुदेशा बजगाईं छन् । सचिवको जिम्मेवारी गंगा क्षेत्रीले पाएका छन् भने उपसचिवमा हरि आचार्य, श्याम लुईंटेल र दुर्गा बानिया चुनिएका छन्।

त्यस्तै, सदस्यमा शम्भुप्रसाद अर्याल, अर्जुन चापागाईं, तारानाथ भण्डारी, अर्कराज तिम्सिना, वीरकाजी गुरुङ, अञ्जस पाठक र प्रेम गुरुङ छन्। रिक्त एक उपसचिव पछि मनोनित गरिने भएको छ ।

नवनिर्वाचित कमिटीका पदाधिकारीहरुलाई मञ्चको अन्तरराष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाले शपथग्रहण गराएका थिए । प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय कमिटी महासचिव शंकर पोखरेललगायतका नेताले बधाई तथा शुभकामना दिएका थिए ।

अध्यक्ष निर्वाचित भएलगत्तै पोखरेलले तीन वर्षे कार्यकालमा सक्रियतापूर्वक खटेर संगठन र पार्टीको साख उकास्न लाग्ने प्रतिवद्धता व्यक्त गरे । उनले मञ्चको सदस्यता बिस्तारको कार्यलाई अभियानका रुपमा अघि बढाउनु आफ्नो पहिलो प्राथमिकता रहेको बताए ।

अध्यक्ष पोखरेलले आउँदै गरेको एनआरएनए यूके निर्वाचनमा समेत मञ्चको भूमिका सशक्त र प्रभावकारी पार्ने प्रतिवद्धता गरे ।

यसअघि मञ्चको अध्यक्ष पदमा दावी गरेका कृष्ण भण्डारी सहमतिका लागि पछि हटेपछि पोखरेलको नेतृत्वमा सर्वसम्मत कमिटीका लागि वातावरण बनेको थियो ।

नेकपा एमालेका केन्द्रीय महासचिव शंकर पोखरेलले अधिवेशन उद्घाटन गरेका थिए ।

अधिवेशन उद्घाटन गर्दै एमाले कन्द्रीय महासचिव शंकर पोखरेल ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register