इजरायल–इरान तनाव तेस्रो दिनमास् दुईतर्फी आक्रमण जारी, मृतक नौ, घाइते सयभन्दा बढी

काठमाडौ । इजरायलले इरानमाथि आक्रमण थालेपछि सुरु भएको दुई देशबीचको सशस्त्र द्वन्द्व तेस्रो रात पनि रोकिएको छैन। दुबै देशले एकअर्काको भूमिमा क्षेप्यास्त्र र हवाई आक्रमणलाई निरन्तरता दिएका छन्। यस भिडन्तले समग्र मध्यपूर्व क्षेत्रको स्थिरता चुनौतीमा परेको छ भने मानवीय क्षतिमा दिनदिनै वृद्धि हुँदैछ। इरानी जवाफी हमलाः इजरायलमा ९ जनाको मृत्यु, १०० भन्दा बढी घाइते इजरायलका […]

Jun 15, 2025 - 08:13
 0
इजरायल–इरान तनाव तेस्रो दिनमास् दुईतर्फी आक्रमण जारी, मृतक नौ, घाइते सयभन्दा बढी

काठमाडौ ।

इजरायलले इरानमाथि आक्रमण थालेपछि सुरु भएको दुई देशबीचको सशस्त्र द्वन्द्व तेस्रो रात पनि रोकिएको छैन। दुबै देशले एकअर्काको भूमिमा क्षेप्यास्त्र र हवाई आक्रमणलाई निरन्तरता दिएका छन्।

यस भिडन्तले समग्र मध्यपूर्व क्षेत्रको स्थिरता चुनौतीमा परेको छ भने मानवीय क्षतिमा दिनदिनै वृद्धि हुँदैछ।

इरानी जवाफी हमलाः इजरायलमा ९ जनाको मृत्यु, १०० भन्दा बढी घाइते

इजरायलका अनुसार, शनिबार राति इरानले मध्य इजरायलको तेल अभिभको दक्षिणतर्फको बात याम क्षेत्रमा गराएको क्षेप्यास्त्र आक्रमणमा ९ जनाको मृत्यु भएको छ। ।

यस्तै, इजरायली सञ्चारमाध्यमहरूका अनुसार हाइफा नजिकैको आवासीय क्षेत्रमा भएको अर्को आक्रमणमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ, यद्यपि यसलाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले स्वतन्त्र रूपमा पुष्टि गर्न सकेका छैनन्।

इजरायलका आपत्कालीन सेवाहरूले घाइतेको संख्या १०० भन्दा बढी पुगेको जनाएका छन्, जसमा केही गम्भीर अवस्थामा रहेका छन्।

इजरायलको कडा जवाफस् तेहरानमा रक्षा मन्त्रालय र तेल डिपो लक्षित

इजरायली डिफेन्स फोर्सेसले शनिबार राति नै इरानको राजधानी तेहरानमा हवाई आक्रमण गरेको दाबी गरेको छ। उक्त आक्रमणमा इरानको रक्षा मन्त्रालय, परमाणु कार्यक्रमसँग सम्बन्धित क्षेत्रहरू, र तेल डिपो लक्ष्य बनाइएका छन्। इरानको तेल मन्त्रालयले पुष्टि गरेअनुसार, शाहरानस्थित तेल ट्याङ्कीहरूमा इजरायली मिसाइल प्रहार भएको छ तर स्थितिलाई “नियन्त्रणमा ल्याइएको” दाबी गरेको छ।

हाइफाको तेल प्रशोधन केन्द्रमा आगलागी

इरानद्वारा प्रक्षेपित क्षेप्यास्त्रमध्ये केहीले इजरायलको हाइफास्थित आयल रिफाइनरीमा आगो लाग्ने गरी क्षति पुर्‍याएको बीबीसीले पुष्टि गरेको छ। यस्तै, इरानको सरकारी टेलिभिजनले आइफा र तेल अभिभसहितका क्षेत्रमा १०० भन्दा बढी क्षेप्यास्त्र प्रहार गरिएको दाबी गरेको छ।

कूटनीतिक पहलमा ब्रेकस् अमेरिका–इरान वार्ता स्थगित

यस तनावको सन्दर्भमा आइतवार हुने भनिएको अमेरिका–इरान परमाणु वार्ताको अर्को चरण स्थगित भएको छ। वार्ताको मध्यस्थता गरिरहेको ओमानका विदेशमन्त्री बद्र अल्बुसैदीले सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिँदै भनेका छन्, “वार्ता अब हुने छैन, तर कूटनीति नै दीगो शान्तिको बाटो हो।”

इरानका विदेशमन्त्रीले भने, “वर्तमान अवस्था न्यायसंगत वार्ताको वातावरण होइन,” भन्दै वार्तामा अनुपस्थित हुने जनाएका छन्।

इजरायली विश्लेषकहरूको चिन्ता
इजरायली रक्षा विशेषज्ञहरूले यो अवस्थालाई “पूर्ण युद्धतर्फको यात्रा” भनेका छन्। उनीहरूका अनुसार, यदि युद्ध अझै चर्कियो भने यसले छिमेकी देशहरू जस्तै लेबनन, सिरिया र साउदी अरब सम्म प्रभाव पार्न सक्छ। इजरायल सरकारले राष्ट्रिय सुरक्षा सतर्कता उच्च बनाएको छ भने आमनागरिकलाई आकस्मिक सुरक्षित शरणस्थलमा बस्न आग्रह गरेको छ।

इरान र इजरायलबीचको पछिल्लो द्वन्द्व अब सशस्त्र संघर्षमा बदलिइसकेको छ। दुबै पक्षले भारी क्षेप्यास्त्र आक्रमण गर्दै एकअर्कालाई चेतावनी दिइरहेका छन्। मानव क्षति बढ्दो छ र कूटनीतिक प्रयासहरू ठप्प भएका छन्। यदि यो द्वन्द्व अझै लम्बियो भने न केवल मध्यपूर्व, तर सम्पूर्ण विश्व शान्तिका लागि चुनौती बन्नेछ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register