सरकारलाई केपी ओलीको प्रश्न : लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालमा पर्छ कि पर्दैन ?

May 21, 2023 - 06:21
 0
सरकारलाई केपी ओलीको प्रश्न : लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालमा पर्छ कि पर्दैन ?
सरकारलाई केपी ओलीको प्रश्न : लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालमा पर्छ कि पर्दैन ?

काठमाडौं । प्रतिनिधि सभामा विपक्षी दलका नेता केपी शर्मा ओलीले भारतसँग नेपालको सीमा समस्या र भूमि मिचिएको कुरा प्रष्ट रूपमा राख्नु पर्ने बताउनुभएको छ । 

आइतबार प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रम माथिको छलफलमा भाग लिँदै ओलीले अहिलेको सरकारबाट मातृभूमिको संरक्षण हुन कठिन भएको बताउनुभयो । ‘लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालमा पर्छ कि पर्दैन ? यो सरकारलाई थाहा भएको देखिँदैन’, उहाँले भन्नुभयो । 

सरकारको नीति तथा कार्यक्रममा नेपालको भूभाग समेटिएको चुच्चे नक्सा अटाउन नसकेको भन्दै उहाँले आलोचना गर्नुभयो । सो विषयमा सरकारको नीति तथा कार्यक्रम नबोलेको ओलीले बताउनुभयो । 

भारत नेपालको मित्र भएकोले आफ्नो मित्रसँग खुल्ला कुरा गर्नुपर्ने ओलीले बताउनुभयो । समस्याका कारण र समाधानको उपायको बारेमा खुल्ला कुरा गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । ‘लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रको अवस्था के छ अहिले ? के छ त्यहाँ, सीमा सुरक्षित नै छ ?’ उहाँले प्रश्न गर्नुभयो । 

देशको सवालमा बोल्दा, देशको सीमाको बारेमा बोल्दा, देशको समस्याका बारेमा बोल्दा आफूलाई एउटा मिडियाले किन जेल नहालेको भनि लेखेको भन्दै ओलीले आलोचना गर्नुभयो । कि सरकारको धारणा पनि त्यही हो ? भन्दै उहाँले प्रश्न गर्नुभयो । 

कालापानी क्षेत्रमा भारतले संरचना बनाइरहेको भन्ने सुनिएकोले त्यस विषयमा सरकारले सदनलाई जानकारी दिनुपर्ने ओलीले बताउनुभयो । उहाँले सभामुख मार्फत सो कुराको जानकारी गराउन प्रधानमन्त्रीसँग माग गर्नुभयो । 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1