रेकर्ड ब्रेक गरिरहेको बेलामा सुन किन्नु कति सुरक्षित ?

काठमाडौं । नेपाली बजारसहित विश्वभर सुनको मूल्य निरन्तर बढिरहेको छ । सुनको मूल्यले दिनहुँ उच्च मूल्यको रेकर्ड कायम गरिरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य गत शुक्रबारको तुल‍नामा १ हजारले बढेर १ लाख ८६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । जुन अहिलेसम्मकै उच्च हो । यता, अनिश्चित बजारको वर्तमान युगमा व्यापारीहरूले […]

Apr 13, 2025 - 06:56
 0
रेकर्ड ब्रेक गरिरहेको बेलामा सुन किन्नु कति सुरक्षित ?

काठमाडौं । नेपाली बजारसहित विश्वभर सुनको मूल्य निरन्तर बढिरहेको छ ।

सुनको मूल्यले दिनहुँ उच्च मूल्यको रेकर्ड कायम गरिरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य गत शुक्रबारको तुल‍नामा १ हजारले बढेर १ लाख ८६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । जुन अहिलेसम्मकै उच्च हो ।

यता, अनिश्चित बजारको वर्तमान युगमा व्यापारीहरूले सुरक्षित लगानीको रूपमा निरन्तर सुन खरिद गरिरहेका छन् ।

सुनलाई परम्परागत रूपमा एक भरपर्दो र स्थिर सम्पत्ति मानिन्छ जुन कठिन वा अस्थिर आर्थिक वातावरणमा प्रयोग गर्न सकिन्छ ।

तर, विश्वभरका बजारहरूमा भइरहेको उतारचढावको वर्तमान समयमा, के सुन साँच्चै सुरक्षित लगानी हो ? अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उच्च कर घोषणा गरेदेखि नै विश्वभरका बजारहरू अशान्त छन् ।

व्यापार नीतिहरूको सन्दर्भमा यसलाई ‘शताब्दीको परिवर्तन’ भनिएको छ । अमेरिकी भन्सार शुल्कपछि विश्व बजारमा आएको उथलपुथलका कारण आज सुनको मूल्य प्रतिऔंस ३२५१.४७ डलरको कीर्तिमानी स्तरमा पुगेको छ ।

विश्वभर भन्सार र व्यापार युद्धले सिर्जना गरेको चिन्ताका कारण यस वर्ष सुनको मूल्यले धेरै पटक रेकर्ड बनाएको छ । जब अर्थतन्त्रमा अस्थिरता हुन्छ, सुनको मूल्य बढ्छ ।

सुन कसले किन्छ ?

विश्व अर्थतन्त्रको अनिश्चितताको यस अवधिमा कसले सुन किन्छ ?

“सरकारहरू, खुद्रा लगानीकर्ताहरू वा साधारण लगानीकर्ताहरूले सुन किनिरहेका छन्,” बेलफास्ट विश्वविद्यालयका आर्थिक इतिहासकार डा. फिलिप फ्लायर्स भन्छन्, “अहिले धेरै सङ्ख्यामा मानिसहरू सेयरजस्ता इक्विटी उपकरणहरू छोडेर सुनमा लगानी गरिरहेका छन् । यही कारणले गर्दा सुनको मूल्य यति धेरै बढेको छ ।”

वास्तवमा जब अन्तर्राष्ट्रिय वित्तीय बजारमा अनिश्चितताको वातावरण हुन्छ, लगानीकर्ताहरूको स्वाभाविक प्रवृत्ति सुनमा लगानी गर्नेतर्फ सर्छ ।

सन् २०२० मा जब कोभिड महामारीका कारण अर्थतन्त्रमा ठूलो गिरावट आयो, सुनको मूल्य द्रुत गतिमा आकाशिन थाल्यो । यद्यपि, यस्तो अनिश्चितताले सुनको मूल्यलाई पनि असर गर्न सक्छ ।

जनवरी २०२० मा कोभिड महामारी फैलिने बित्तिकै सुनको मूल्य अचानक उल्लेखनीय रूपमा बढ्यो तर सोही वर्षको मार्चमा फेरि घट्न थाल्यो । “सुरक्षित लगानीको अर्थ जोखिम छैन भन्ने होइन,” डा. फ्लायर्स भन्छन् ।

आर्थिक अनिश्चितताको समयमा सुनमा लगानी गर्नु उत्तम मानिन्छ किनभने यसको सधैं महत्त्व रहँदै आएको छ । इतिहासको हरेक कालखण्ड र संस्कृतिमा यसलाई ठूलो महत्त्व दिइएको छ । त्यसैले यसलाई सजिलै किन्न र बेच्न सकिन्छ ।

प्राचीन इजिप्टमा रहेको तुतानखामुनको सुनको मुखौटादेखि लिएर घानाको असान्टेको सुनौलो मल र भारतको पद्मनाभन मन्दिरको सुनौलो सिंहासनसम्म सुनको ऐतिहासिक र सांस्कृतिक महत्त्वका उदाहरणहरू छन् । त्यसकारण धेरै मानिसहरूले सुनलाई सबैभन्दा भरपर्दो सम्पत्ति ठानेर जम्मा गर्नु अचम्मको कुरा होइन ।

अहिलेको समयमा सुन किन्दा कति जोखिम छ ?

विश्व बजारको अवस्था परिवर्तन भइरहे पनि सुनका सामान र घरायसी गहनाको महत्त्व यथावत् छ । तर, यो पनि याद राख्नुपर्छ कि सुनमा हुने कुनै पनि ठूलो लगानी वित्तीय बजारका ठूला खेलाडीहरूको दयामा हुन्छ ।

यस बजारका ठूला खेलाडीहरूले जे गरे पनि, तिनीहरूको प्रभाव सुनको मूल्यमा देखिन्छ ।

डा. फ्लायर्स भन्छन्, “सुनको मूल्यमा देखिएको वृद्धि यी खेलाडीहरूको गतिविधिको परिणाम हो । मलाई लाग्छ सुनको मूल्य बढिरहेको छ किनभने विश्वभरका केन्द्रीय बैंकहरूले यसलाई धेरै छिटो किन्न थालेका छन् ।”

बजारको अनिश्चिततालाई ध्यानमा राख्दै केन्द्रीय बैङ्कहरूले इक्विटी बजारमा आफ्नो लगानी घटाउँछन् र थोकमा सुन किन्छन् । उनीहरूको उद्देश्य सुनको भण्डार बढाउनु हो ।

यस्तो अवस्थामा सुन किन्नु आम लगानीकर्ताहरूको लागि जोखिमपूर्ण हुन सक्छ ।

डा. फ्लायर्स भन्छन्, “जुन तरिकाले सुनको मूल्य निरन्तर बढिरहेको छ, त्यसमा बाजी लगाउनु जोखिमपूर्ण हुन सक्छ किनभने बजार स्थिर हुने बित्तिकै र सरकारहरूले सोचविचार गरेर निर्णय लिन थालेपछि, यो फेरि बढ्नेछ ।” मानिसहरू फेरि सुनमा लगानी गर्नबाट पछि हट्न थाल्नेछन् । म भन्छु कि यदि तपाईं सुनमा लगानी गर्न चाहनुहुन्छ भने लामो अवधिको लागि गर्नुहोस् ।”

-बीबीसीको सहयोगमा

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register