सीजी मोटर्सले अभिनेत्री राउतलाई बनायो आयोन भीको ब्रान्ड एन्डोर्सर
काठमाडौं । नेपालमा आयोन इलेक्ट्रिक सवारीहरूको आधिकारिक वितरक सीजी मोटर्सले अभिनेत्री वर्षा राउतलाई “एक्ट्राअर्डिनरी आयोन भी”को ब्रान्ड एन्डोर्सरका रूपमा नियुक्त गरेको घोषणा गरेको छ । यस अवसरमा उनलाई आयोन भी इलेक्ट्रिक गाडी पनि हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ । आयोन भीमा रहेको ७५.३ kWh क्षमताको ब्याट्री र ६५० किमीको रेन्ज जस्ता विशेषताले लामो यात्रालाई सहज […]

काठमाडौं । नेपालमा आयोन इलेक्ट्रिक सवारीहरूको आधिकारिक वितरक सीजी मोटर्सले अभिनेत्री वर्षा राउतलाई “एक्ट्राअर्डिनरी आयोन भी”को ब्रान्ड एन्डोर्सरका रूपमा नियुक्त गरेको घोषणा गरेको छ । यस अवसरमा उनलाई आयोन भी इलेक्ट्रिक गाडी पनि हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।
आयोन भीमा रहेको ७५.३ kWh क्षमताको ब्याट्री र ६५० किमीको रेन्ज जस्ता विशेषताले लामो यात्रालाई सहज बनाउने कम्पनीले जनाएको छ । यसमा ८-प्वाइन्ट मसाज सिट, इनबिल्ट फ्रिज र हिटर, प्यानोरामिक सनरूफ लगायतका लक्जरी फिचरहरू समावेश छन् ।
सीजी मोटर्सका जीएम-सेल्स सुशील क्षेत्रीले वर्षा राउतको व्यक्तित्व र आयोन भीको मूल्यबीच मेल भएको भन्दै साझेदारीप्रति उत्साह व्यक्त गरे ।
उनले भने, “हामी वर्षा राउतलाई आयोन भीको ब्रान्ड एन्डोर्सरको रूपमा स्वागत गर्न पाउँदा अत्यन्तै उत्साहित छौं । उहाँको अग्रगामी सोच, आधुनिक जीवनशैली र सस्टेनेबिलिटीप्रतिको प्रतिबद्धता आयोन भीको पहिचानसँग पूर्ण रूपमा मेल खान्छ । हामी मिलेर नेपालमा विद्युतीय सवारीको भविष्य पुनः परिभाषित गर्ने आशा राख्छौं ।”
वर्षा राउतले आफ्नो भनाइमा भनिन् – “आयोन भी केवल गाडी होइन – यो त एक अनुभव हो । यसको लक्जरी, स्मार्टनेस र व्यवहारिकता मेरो जीवनशैलीसँग गहिरो रूपमा मेल खान्छ । मसाज सिट, हिटिङ–कुलिङ, इनबिल्ट रेफ्रिजरेटर जस्ता फिचरहरूले यो गाडीलाई अरू सबैभन्दा फरक बनाएको छ । यस्तो ब्रान्डको प्रतिनिधित्व गर्न पाउँदा म गर्व महसुस गर्दैछु – जुन नेपाललाई सफा, स्मार्ट तथा हरित भविष्यतर्फ लैजान प्रतिबद्ध छ ।”
चौधरी ग्रुप अन्तर्गतको सीजी मोटर्स नवीन प्रविधि र विश्वव्यापी साझेदारमार्फत दिगो मोबिलिटी समाधान प्रदान गर्न समर्पित छ । नेपालमा आयोन ईभीको एकमात्र आधिकारिक बिक्रेताको रूपमा सीजी मोटर्सले देशलाई सफा र सशक्त भविष्यतर्फ अग्रसर गरिरहेको छ ।
२० भन्दा बढी सेल्स तथा सर्भिस सेन्टरहरू र २६० भन्दा बढी चार्जिङ स्टेशनहरूमार्फत सीजी मोटर्सले आफ्नो ग्राहकहरू र सरोकारवालाहरूलाई उत्कृष्ट सुविधा र भरपर्दो सेवा प्रदान गर्दै आएको छ ।
What's Your Reaction?






