३ इजरायलीको बदलामा १८० प्यालेष्टिनी बन्दी रिहा

एजेन्सी । हमासका लडाकू समूहले युद्धग्रस्त गाजा पट्टीमा करिब १६ महिना बन्धक बनाएर बसेका इजरायली बन्धक यार्डेन बिबास, ओफर काल्डेरोन र किथ सिगेललाई शनिबार रिहा गरेका छन् । युद्धविराम सम्झौता अनुसार इजरायलले बन्धकको रिहाइको बदलामा १८० जनाभन्दा धेरै प्यालेस्टिनी बन्दीहरूलाई छोडेको छ । इजरायलले शनिवार छाड्नेमा १०० भन्दा धेरै प्यालेस्टिनी बन्दीहरू गाजाका छन् र करिब […]

Feb 1, 2025 - 14:34
 0
३ इजरायलीको बदलामा १८० प्यालेष्टिनी बन्दी रिहा

एजेन्सी । हमासका लडाकू समूहले युद्धग्रस्त गाजा पट्टीमा करिब १६ महिना बन्धक बनाएर बसेका इजरायली बन्धक यार्डेन बिबास, ओफर काल्डेरोन र किथ सिगेललाई शनिबार रिहा गरेका छन् ।

युद्धविराम सम्झौता अनुसार इजरायलले बन्धकको रिहाइको बदलामा १८० जनाभन्दा धेरै प्यालेस्टिनी बन्दीहरूलाई छोडेको छ ।

इजरायलले शनिवार छाड्नेमा १०० भन्दा धेरै प्यालेस्टिनी बन्दीहरू गाजाका छन् र करिब ७० जना भन्दा धेरै लामो अवधिको सजाय वा आजीवन कारावास सजाय तोकिएका व्यक्तिहरू हुन्।

इजरायल र प्यालेस्टिनी इस्लामिक समूह हमासबीच जनवरी १९ देखि लागू भएको युद्धविराम र बन्धक बन्दी आदानप्रदान सम्झौताअन्तर्गत मुक्त हुने बन्धकहरूको यो चौथो समूह हो।

प्यालेस्टिनी समूह हमासले दक्षिणी गाजाको खान युनिसबाट रेडक्रसलाई बुझाइएका ३४ वर्षीय यार्देन बिवास र फ्रान्सको समेत नागरिकता भएका ५३ वर्षीय ओफर काल्दरोन इजरायल आइपुगेको इजरायली सुरक्षा बल (आईडीएफ)ले जनाएको छ।

अर्का बन्धक ६५ वर्षीय किथ सिगललाई भने शनिवार नै गाजासिटीबाट मुक्त गरिएको थियो । उनको इजरायल र अमेरिकाको दोहोरो नागरिकता रहेको छ ।

उनीहरू जनवरी १९ मा इजरायल र हमासबीच युद्धविराम सम्झौता भएयता चौथो चरणमा छाडिने बन्धक हुन्।

यसैबीच, बिवासकी श्रीमती र दुई छोराहरूको बन्धक रहेकै अवस्थामा गाजामा मृत्यु भएको भनिएको घटनाबारे इजरायलले मध्यस्थकर्ताबाट स्पष्ट जानकारी मागेको छ । बन्धक बनाइँदा बिवासका एक छोरा चार वर्षका र अर्का १० महिनाका थिए।

हमासले इजरायली हवाइ हमलामा परेर सन् २०२३ नोभेम्बरमा उनीहरूको मृत्यु भएको दाबी गरेपनि इजरायलले त्यसको अझै पुष्टि गरेको छैन।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register