हिमाल आरोहणमा खटिने कामदारको ज्याला तीन गुणाले बढ्यो, दैनिक ३ सय ज्याला पाउनेले अब १ हजार पाउने 

काठमाडौँ । हिमाल आरोहणमा खटिने कामदारको ज्याला बढेको छ । सरकारले पर्वतारोहण सम्बन्धी नियमावलीलाई छैटौँ पटक संशोधन गर्दै हिमाल आरोहणमा खटिने कामदारको ज्याला बढाएको हो ।  योसँगै पर्वतारोहणमा काम गर्ने सरदारको ज्याला १ हजार ५ सय रुपैयाँ पुर्याइएको छ । यसअघि सरदारको दैनिक ज्याला ४ सय रुपैयाँ थियो ।  त्यस्तै, यसअघि दैनिक ३ सय ५० […]

Feb 4, 2025 - 03:18
 0
हिमाल आरोहणमा खटिने कामदारको ज्याला तीन गुणाले बढ्यो, दैनिक ३ सय ज्याला पाउनेले अब १ हजार पाउने 

काठमाडौँ । हिमाल आरोहणमा खटिने कामदारको ज्याला बढेको छ । सरकारले पर्वतारोहण सम्बन्धी नियमावलीलाई छैटौँ पटक संशोधन गर्दै हिमाल आरोहणमा खटिने कामदारको ज्याला बढाएको हो । 

योसँगै पर्वतारोहणमा काम गर्ने सरदारको ज्याला १ हजार ५ सय रुपैयाँ पुर्याइएको छ । यसअघि सरदारको दैनिक ज्याला ४ सय रुपैयाँ थियो । 

त्यस्तै, यसअघि दैनिक ३ सय ५० रुपैयाँ ज्याला पाउने पर्वतीय पथप्रदर्शक र उचाइमा जाने कामदारले अब दैनिक १ हजार २ सय रुपैयाँ पाउने भएका छन् । आधार शिविरमा खटिने कामदारको ज्याला भने ३ सयबाट बढेर दैनिक १ हजार पुगेको छ ।

यसबाहेक सरकारले ३ हजार ७ सय मिटरसम्म उचाइमा जाने कामदारको दैनिक ज्याला ८ सय र सो भन्दा माथि जाने कामदारको दैनिक ज्याला १ हजार रुपैयाँ पुर्याएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register