बेलायती राजकुमार दम्पती आज नेपाल भ्रमणमा आउँदै

काठमाडौं । बेलायतका राजकुमार एडवार्ड र उनकी श्रीमती सोफिया निजी भ्रमणका लागि आज नेपाल भ्रमणमा आउने भएका छन् । राजकुमार दम्पती विमानमार्फत साढे १० बजे नेपाल आइपुग्ने भएका हुन् । केही दिनअघि मात्रै सोफियाको ६० औं जन्मदिन मनाएका उनीहरू ६ दिने भ्रमणका लागि निस्किएका बेलायती सञ्चार माध्यम मिररले उल्लेख गरेको छ । नेपाल भ्रमणका क्रममा […]

Feb 4, 2025 - 04:33
 0
बेलायती राजकुमार दम्पती आज नेपाल भ्रमणमा आउँदै

काठमाडौं । बेलायतका राजकुमार एडवार्ड र उनकी श्रीमती सोफिया निजी भ्रमणका लागि आज नेपाल भ्रमणमा आउने भएका छन् । राजकुमार दम्पती विमानमार्फत साढे १० बजे नेपाल आइपुग्ने भएका हुन् ।

केही दिनअघि मात्रै सोफियाको ६० औं जन्मदिन मनाएका उनीहरू ६ दिने भ्रमणका लागि निस्किएका बेलायती सञ्चार माध्यम मिररले उल्लेख गरेको छ ।

नेपाल भ्रमणका क्रममा उनीहरूले पोखराको ब्रिटिश गोर्खा क्याम्पमा हालै बेलायती सेनामा छनोट भएकाहरूलाई ब्याज वितरणका लागि गरिने परेडमा सहभागी हुनेछन् । साथै, अन्नपूर्ण हिमश्रृंखला र घान्द्रुकको समेत भ्रमण गर्नेछन् ।

नेपाल बसाइको क्रममा, एडिनबर्गले स्वास्थ्य सेवा, मानव बेचबिखन पिडित र लैगिक हिंसा पिडितहरूलाई सहयोग प्रदान गर्ने संस्थाका प्रतिनिधिहरूसँग भेट्ने कार्यक्रम रहेको छ । सोफी संयुक्त राष्ट्रको महिला, शान्ति र सुरक्षा एजेन्डाकी च्याम्पियन हुन् ।

राजकुमार दम्पतीको नेपालमा सुरक्षा प्रवन्ध नेपाली सेनाले गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register