कोलकातामा प्रशिक्षार्थी डाक्टरको बलात्कार-हत्या प्रकरण : अभियुक्त सञ्जय दोषी ठहर
काठमाडौं । कोलकाताको आरजी कार अस्पतालका एक प्रशिक्षार्थी डाक्टरको बलात्कार र हत्या प्रकरणमा सियालदह अदालतले मुख्य आरोपी सञ्जय रोयलाई दोषी ठहर गरेको छ । न्यायाधीश अनिर्बान दासले शनिबार फैसला सुनाएका हुन् । सजाय भने २० जनवरीमा तोकिने अदालतले जनाएको छ । अदालतले घटनाको १६२ दिनपछि फैसला सुनाएको हो । बलात्कार-हत्याको घटना ९ अगस्ट २०२४ मा […]

काठमाडौं । कोलकाताको आरजी कार अस्पतालका एक प्रशिक्षार्थी डाक्टरको बलात्कार र हत्या प्रकरणमा सियालदह अदालतले मुख्य आरोपी सञ्जय रोयलाई दोषी ठहर गरेको छ ।
न्यायाधीश अनिर्बान दासले शनिबार फैसला सुनाएका हुन् । सजाय भने २० जनवरीमा तोकिने अदालतले जनाएको छ ।
अदालतले घटनाको १६२ दिनपछि फैसला सुनाएको हो । बलात्कार-हत्याको घटना ९ अगस्ट २०२४ मा भएको थियो र १८ जनवरी २०२५ मा फैसला आएको हो ।
सीबीआईले आरोपी सञ्जयलाई मृत्युदण्ड दिन माग गरेको छ ।
गत अगस्ट ९ राति आरजी कार अस्पतालमा प्रशिक्षार्थी डाक्टरको बलात्कारपछि हत्या भएको थियो । साउन ९ गते बिहान सेमिनार हलमा डाक्टरको शव भेटिएको थियो । सीसीटीभी फुटेजको आधारमा प्रहरीले सञ्जय रोय नामका सिभिक स्वयंसेवकलाई अगस्ट १० मा पक्राउ गरेको थिए ।
सीबीआईले १० डिसेम्बर २०२४ मा सर्वोच्च अदालतमा स्टेटस रिपोर्ट दिएको थियो । जसमा सियालदह ट्रायल कोर्टमा नियमित सुनुवाइ भएको र ८१ मध्ये ४३ जना साक्षीलाई सोधपुछ गरिएको बताइएको छ ।
यस घटनापछि कोलकातामा प्रदर्शन सुरु भयो र राज्यमा स्वास्थ्य सेवा दुई महिनाभन्दा बढी समयसम्म ठप्प भएको थियो ।
What's Your Reaction?






