म्याग्दीका स्थानीयसँग प्रचण्डको अन्तरक्रिया (भिडिओसहित)
काठमाडौं । पार्टीको साख फर्काउने उद्देश्यले देश दौडाहामा रहेको प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यतिबेला म्याग्दीमा छन् । म्याग्दी पुगेका प्रचण्डले त्यहाँका स्थानीय नेता–कार्यकर्तासँग अन्तरक्रिया गरेका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले स्थानीयसँग अन्तरक्रिया गरेका छन् । जहाँ तातोपानी कुण्डलगायतका विषय उठेको उनको फेसबुकमा राखिएको भिडिओमा देख्न सकिन्छ । सो अवसरमा […]

काठमाडौं । पार्टीको साख फर्काउने उद्देश्यले देश दौडाहामा रहेको प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यतिबेला म्याग्दीमा छन् ।
म्याग्दी पुगेका प्रचण्डले त्यहाँका स्थानीय नेता–कार्यकर्तासँग अन्तरक्रिया गरेका छन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले स्थानीयसँग अन्तरक्रिया गरेका छन् । जहाँ तातोपानी कुण्डलगायतका विषय उठेको उनको फेसबुकमा राखिएको भिडिओमा देख्न सकिन्छ ।
सो अवसरमा प्रचण्डले म्याग्दी जिल्लाको समग्र विकासमा आफूहरूको ध्याउन्न रहेको बताएका छन् । प्रचण्डसँगै नेता दिनानाथ शर्मा पनि छन् ।
विगतका गल्तीको समीक्षा गर्न र पार्टीलाई २०६४ सालको अवस्थामा फर्काउन भन्दै पछिल्लो समय जिल्ला दौडाहामा रहेका छन् ।
यसअघि तेह्रथुम, विराटनगरलगायतका ठाउँमा पनि प्रचण्ड पुगेका थिए ।
माओवादी केन्द्रले फागुन १२ गतेदेखि ‘जनतासँग माओवादी’ अभियान चलाउने निर्णयसमेत गरिसकेको छ ।
हेराैँ भिडिओ :
ओलीको जन्मस्थान आसपास प्रचण्डको ‘मर्निङवाक’, देशभक्तिपूर्ण गीतसहित भिडिओ सेयर
What's Your Reaction?






