बन्दकर्ताद्वारा रुख ढालेर सडकमा अवरोध, सुत्केरी व्यथा लागेकी महिलाको बिचल्ली (भिडिओ)

काठमाडौं । ताप्लेजुङको पाथीभरामा केबलकार निर्माणको विरोध गरिरहेको समूहले पाँचथरमा रुख ढालेर सडक अवरुद्ध गर्दा सुत्केरी व्यथा लागेर एम्बुलेन्समा अस्पताल गइरहेकी एक महिला बिचल्लीमा परेकी छिन् । सडक अवरोधका कारण हिलिहाङ–२ को सिंहपुरदेखि सदरमुकाम फिदिम लाँदै गरेकी १८ वर्षीय कल्पना जोगीसहितका बिरामीको बिचल्ली भएको हो । चारवटा रुख ढालेर बाटो अवरुद्व गरिएकाले सोमबार मध्यराति २ […]

Feb 4, 2025 - 05:06
 0
बन्दकर्ताद्वारा रुख ढालेर सडकमा अवरोध, सुत्केरी व्यथा लागेकी महिलाको बिचल्ली (भिडिओ)

काठमाडौं । ताप्लेजुङको पाथीभरामा केबलकार निर्माणको विरोध गरिरहेको समूहले पाँचथरमा रुख ढालेर सडक अवरुद्ध गर्दा सुत्केरी व्यथा लागेर एम्बुलेन्समा अस्पताल गइरहेकी एक महिला बिचल्लीमा परेकी छिन् ।

सडक अवरोधका कारण हिलिहाङ–२ को सिंहपुरदेखि सदरमुकाम फिदिम लाँदै गरेकी १८ वर्षीय कल्पना जोगीसहितका बिरामीको बिचल्ली भएको हो ।

चारवटा रुख ढालेर बाटो अवरुद्व गरिएकाले सोमबार मध्यराति २ बजे सुत्केरी व्यथाले चापेकी ती महिलालाई पुनः गोपेटार फर्काइएको एम्बुलेन्स चालक नुपु शेर्पाले सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन् । उनले राखेको भिडिओमा सुत्केरी व्यथा लागेकी महिला चिच्याइरहेको सुन्न सकिन्छ ।

यतिबेला पाथीभरामा केबलकार निर्माणको विरोध गरिरहेको ‘नो केबलकार समूह’ले मेची राजमार्गअन्तर्गत पाँचथरको जोरपोखरी–गोपेटार सडक खण्डमा रुख ढालेर सडक अवरोध गरेको छ ।

ती महिलाको अवस्था केही जटिल रहेकाले गोपेटारमा बिहानसम्म पनि प्रसुति गराउन नसकिएको सथानीय स्वास्थ्यकर्मीलाई उद्धृत गर्दै पाँचथर प्रहरीले जनाएको छ ।

आज (मङ्गलबार) बिहान प्रहरीले बाटो खुलाउने प्रयास गरिरहेको छ । बाटो खुलेपछि बिरामीलाई पुनः फिदिम ल्याउने तयारी भइरहेको बताइएको छ ।

माघ १५ देखि मेची राजमार्ग र तमोर करिडोर बन्द गर्दै आएको ‘नो केबलकार समूह’ले आजदेखि अरुण पूर्वका ९ जिल्लामा आमहड्तालको आह्वान गरेको ।

उक्त समूहले सोमबार राति सरकारसँग वार्ता गरेको थियो । सो वार्ता निष्कर्षमा पुग्न नसकेपछि मङ्गलबार पुनः वार्ता हुँदैछ । वार्ता जारी रहँदा पनि आन्दोलनरत पक्षले बन्द जारी राखेका छन् ।

हेरौँ भिडिओ :

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register