आइपीएलको विजय उत्सव मनाउने क्रममा भागदौड मच्चिंदा ११ मारिए

बेङ्गलुरु, जेठ २१ गते । बेङ्गलुरुमा इण्डियन प्रिमियर लिग (आइपीएल) को विजय उत्सव मनाउने क्रममा क्रिकेट फ्यानहरुको ठूलो भीड जुट्दा बुधबार भागदौड मच्चिएको छ । यस घटनामा कम्तीमा ११ जनाको ज्यान गएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । रोयल च्यालेन्जर्स बेङ्गलुरुले १८ वर्षपछि आइपीएल जितेको खुशीयाली मनाइरहेका बेला यस दुःखद घट्ना भएको हो । कर्नाटकका […]

Jun 5, 2025 - 05:25
 0
आइपीएलको विजय उत्सव मनाउने क्रममा भागदौड मच्चिंदा ११ मारिए

तस्विर एपी

बेङ्गलुरु, जेठ २१ गते । बेङ्गलुरुमा इण्डियन प्रिमियर लिग (आइपीएल) को विजय उत्सव मनाउने क्रममा क्रिकेट फ्यानहरुको ठूलो भीड जुट्दा बुधबार भागदौड मच्चिएको छ । यस घटनामा कम्तीमा ११ जनाको ज्यान गएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

रोयल च्यालेन्जर्स बेङ्गलुरुले १८ वर्षपछि आइपीएल जितेको खुशीयाली मनाइरहेका बेला यस दुःखद घट्ना भएको हो ।

कर्नाटकका उपमुख्यमन्त्री डीके शिवकुमारले मृतकहरूको सङ्ख्या तत्काल पुष्टि गर्न नसकेको बताउँदै सबैलाई धैर्य र संयम अपनाउन अनुरोध गरेका छन् । उनले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरे ।

घटना स्थलमा लाखौँ मानिसको भीड भएको थियो र प्रहरीले स्थिति नियन्त्रणमा राख्न निकै प्रयास गरेको थियो । केही मानिस अत्यधिक भीडका कारण बेहोस भएका थिए । घाइतेको अस्पतालमा उपचार भइरहेको छ ।

उपमुख्यमन्त्री शिवकुमारले सबैमा शान्त रहन र सहयोग गर्न अपिल गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register