काठमाडौं आइपुगे बेलायती राजकुमार दम्पती
काठमाडौं । बेलायतका राजकुमार एडवार्ड र उनकी श्रीमती सोफिया नेपाल आइपुगेका छन् । निजी भ्रमणका लागि राजकुमार दम्पती मङ्गलबार काठमाडौं ओर्लिएका हुन् । केही दिनअघि मात्रै सोफियाको ६०औं जन्मदिन मनाएका उनीहरू ६ दिने भ्रमणका लागि निस्किएको बेलायती सञ्चारमाध्यम मिररले उल्लेख गरेको छ । नेपाल भ्रमणका क्रममा उनीहरू पोखराको ब्रिटिश गोर्खा क्याम्पमा हालै बेलायती सेनामा छनोट […]

काठमाडौं । बेलायतका राजकुमार एडवार्ड र उनकी श्रीमती सोफिया नेपाल आइपुगेका छन् ।
निजी भ्रमणका लागि राजकुमार दम्पती मङ्गलबार काठमाडौं ओर्लिएका हुन् ।
केही दिनअघि मात्रै सोफियाको ६०औं जन्मदिन मनाएका उनीहरू ६ दिने भ्रमणका लागि निस्किएको बेलायती सञ्चारमाध्यम मिररले उल्लेख गरेको छ ।
नेपाल भ्रमणका क्रममा उनीहरू पोखराको ब्रिटिश गोर्खा क्याम्पमा हालै बेलायती सेनामा छनोट भएकाहरूलाई ब्याज वितरणका लागि गरिने परेडमा सहभागी हुनेछन् । साथै, अन्नपूर्ण हिमश्रृङ्खला र घान्द्रुकको समेत भ्रमण गर्नेछन् ।
नेपाल बसाइँको क्रममा एडवार्डले स्वास्थ्य सेवा, मानव बेचबिखन पीडित र लैङ्गिक हिंसा पीडितलाई सहयोग गर्ने संस्थाका प्रतिनिधिसँग भेट्ने कार्यक्रम छ ।
राजकुमार दम्पतीको नेपालमा सुरक्षा प्रबन्ध नेपाली सेनाले गरेको छ ।
What's Your Reaction?






