‘व्यक्तिसँग जोडिएको विषयलाई बैंकसँग जोडेर गलत प्रचार गर्नु गलत हो’- राष्ट्र बैंक  

काठमाडौँ । नेपाल राष्ट्र बैंकले व्यक्तिसँग जोडिएको विषय बैंकसँग जोडेर गलत प्रचार गर्नु गलत भएको बताएका छ । पाथिभरा केबलकार निर्माणको विरोधका क्रममा ग्लोबल आइएमई बैंकमाथि आक्रमण भएको विषयमा प्रतिक्रिया दिँदै राष्ट्र बैंकले उक्त कार्य गलत भएको बताएको हो ।  राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका विभागीय प्रमुख गुरु प्रसाद पौडेलले सामाजिक सञ्जाल […]

Feb 6, 2025 - 03:39
 0
‘व्यक्तिसँग जोडिएको विषयलाई बैंकसँग जोडेर गलत प्रचार गर्नु गलत हो’- राष्ट्र बैंक  

काठमाडौँ । नेपाल राष्ट्र बैंकले व्यक्तिसँग जोडिएको विषय बैंकसँग जोडेर गलत प्रचार गर्नु गलत भएको बताएका छ । पाथिभरा केबलकार निर्माणको विरोधका क्रममा ग्लोबल आइएमई बैंकमाथि आक्रमण भएको विषयमा प्रतिक्रिया दिँदै राष्ट्र बैंकले उक्त कार्य गलत भएको बताएको हो । 

राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका विभागीय प्रमुख गुरु प्रसाद पौडेलले सामाजिक सञ्जाल फेसबुकमा एक पोष्ट सार्वजनिक गर्दै यस्तो प्रतिक्रिया दिएका छन् । 

उनले पाथिभराको विषयलाई लिएर ग्लोबल आइएमई बैंकमाथि गरिएको प्रहार गलत भएको बताएका छन् । त्यस्तै, उनले कसैको उक्साहटमा लागेर उच्छृङ्खल गतिविधि नगर्न पनि आग्रह गरेका छन् । 

‘पाथीभरा केबलकार निर्माणको विषयलाई लिएर नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’ वर्गको वाणिज्य बैंक- ग्लोबल आईएमई बैंकमाथि गरिएको प्रहार गलत हो, कसैको उक्साहटमा त्यस्ता उच्छृङ्खल गतिविधिमा संलग्न नहुँदा राम्रो ।’, उनले लेखेका छन् । 

केही समयदेखि ताप्लेजुङको पाथिभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा आन्दोलनरत पक्षले उक्त विषयलाई बैंकसँग जोडेर ग्लोबल आइएमई बैंकविरुद्धको अभियान नै चलाएका छन् । उनीहरुले चन्द्र ढकाल अध्यक्ष रहेको ग्लोबल आइएमई बैंकमा खाता बन्द गर्न र पैसा झिक्न आह्वान गर्दै आएका छन् । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register