सोमबारे औँशीः गोकर्णेश्वरमा मौन स्नान गर्नेको भीड (तस्विरहरु)

काठमाडौँ । आज (सोमबार) बिहानै देखि मौन स्नान गरी सोमबारे औँशी मनाइँदैछ । आजका दिन बिहान उठेर कसैसँग नबोली स्नान गरे मनोकाङ्क्षा पूरा हुने शास्त्रीय मान्यता रहेको छ । यसरी मौन स्नान गरेमा दाम्पत्य जीवन सुखमय हुने, अक्षय फल प्राप्त हुने विश्वास रहिआएको छ । औँशी तिथि श्राद्ध, तर्पणका लागि पनि महत्वपूर्ण मानिन्छ । सोमबार […]

Dec 30, 2024 - 04:30
 0
सोमबारे औँशीः गोकर्णेश्वरमा मौन स्नान गर्नेको भीड (तस्विरहरु)

काठमाडौँ । आज (सोमबार) बिहानै देखि मौन स्नान गरी सोमबारे औँशी मनाइँदैछ । आजका दिन बिहान उठेर कसैसँग नबोली स्नान गरे मनोकाङ्क्षा पूरा हुने शास्त्रीय मान्यता रहेको छ ।

यसरी मौन स्नान गरेमा दाम्पत्य जीवन सुखमय हुने, अक्षय फल प्राप्त हुने विश्वास रहिआएको छ । औँशी तिथि श्राद्ध, तर्पणका लागि पनि महत्वपूर्ण मानिन्छ । सोमबार औँशी परेका दिन माता, पिता हुने नहुने सबैले बिहान स्नान गर्नु शास्त्रीयरुपमा उचित रहेको जनाइएको छ । प्रत्येक महिनामा आउने औँशीलाई पनि विशेष पर्वका रुपमा मनाउने परम्परा छ । आज बिहानैदेखि गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा मौन स्नान गर्ने तथा श्राद्ध गर्ने भक्तजनको भीड लागेको छ । बाँकी तस्विरमा हेर्नुहोस्ः

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register