यस्ता व्यक्तिले प्रयोग गर्नुहुँदैन एलोवेरा जेल

काठमाडौं । तपाईंले कुनै न कुनै बेला कसैको मुखबाट सुन्नुभएको होला कि एलोवेरा जेलले छालालाई धेरै फाइदा पुर्‍याउँछ, जुन सत्य पनि हो । धेरै मानिसलाई थाहा छैन कि एलोवेराको प्रयोगबाट फाइदाका साथै नोक्सान पनि छन् । त्यसैले एलोवेरा जेलको प्रयोग पनि आफ्नो छालाको अनुसार नै गर्नुपर्छ । आज हामी तपाईंलाई कस्तो व्यक्तिले एलोवेराको प्रयोग गर्नुहुँदैन त्यसबारे […]

Mar 7, 2025 - 10:45
 0
यस्ता व्यक्तिले प्रयोग गर्नुहुँदैन एलोवेरा जेल

काठमाडौं । तपाईंले कुनै न कुनै बेला कसैको मुखबाट सुन्नुभएको होला कि एलोवेरा जेलले छालालाई धेरै फाइदा पुर्‍याउँछ, जुन सत्य पनि हो ।

धेरै मानिसलाई थाहा छैन कि एलोवेराको प्रयोगबाट फाइदाका साथै नोक्सान पनि छन् । त्यसैले एलोवेरा जेलको प्रयोग पनि आफ्नो छालाको अनुसार नै गर्नुपर्छ । आज हामी तपाईंलाई कस्तो व्यक्तिले एलोवेराको प्रयोग गर्नुहुँदैन त्यसबारे जान्नेछौँ –

संवेदनशील छाला

यदि तपाईंको छाला संवेदनशील छ भने एलोवेराको प्रयोग सोच–विचार गरेर गर्नुहोस् । केही व्यक्तिको छालामा एलोवेरामा भएका तत्त्वहरूले प्रतिक्रिया गर्न सक्छ, जसले चिलाउने, पोल्ने, रातो हुने समस्या हुन सक्छ ।

यदि प्रयोग गर्दै हुनुहुन्छ भने एकपटक टेस्ट गर्नुहोस् । यसको लागि सबैभन्दा पहिले थोरै जेल हातमा लगाएर प्रतिक्रिया हुन्छ वा हुँदैन जान्न सक्नुहुन्छ ।

सुख्खा छाला

यदि तपाईंको छाला सुख्खा छ भने पनि यसको प्रयोगबाट बच्नुहोस् । एलोवेरा जेलले छालाबाट प्राकृतिक मोइश्चर तान्न सक्छ, जसले गर्दा छाला झन बढी सुख्खा हुन सक्छ । यदि लगाउन चाहनुहुन्छ भने, एलोवेराका साथमा मोइश्चराइजर वा नरिवलको तेल मिसाएर लगाउनुहोस् ।

धेरै डन्डिफोर भएमा

यदि तपाईंको छालामा पहिले नै धेरै डण्डिफोरको समस्या छ भने एलोवेराले छालामा प्रतिक्रिया गर्न सक्छ र अवस्था बिग्रन सक्छ । डन्डिफोर भइरहेको छ भने आफैँले एलोवेरा प्रयोग नगर्नुहोस् । यसको सट्टा डाक्टरको सल्लाह लिनुहोस् ।

खुला घाउ वा छाला सङ्क्रमण भएमा

यदि छालामा कुनै घाउ छ भने पनि यसको प्रयोगबाट टाढा रहनुहोस् । काटिएको, पोलेको वा कुनै अन्य सङ्क्रमणमा एलोवेरा लगाउँदा पोल्न सक्छ र सङ्क्रमण बढ्न सक्छ । यसको लागि पहिले घाउलाई पूर्ण रूपमा निको हुन दिनुहोस्, त्यसपछि मात्र एलोवेराको प्रयोग गर्नुहोस् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register