भायानेटद्वारा श्री देवकोटा आधारभूत विद्यालयलाई सहयोग वितरण

काठमाडौँ । भायानेट कम्युनिकेसनले श्री देवकोटा आधारभूत विद्यालयलाई सहयोग वितरण गरेको छ । कम्पनीले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सुनसरी जिल्लाको श्री देवकोटा आधारभूत विद्यालय, इनरुवामा विद्यार्थीहरूलाई आवश्यक शैक्षिक सामग्री र न्यानो कपडा वितरण गरेको हो । उक्त सहयोग कार्यक्रममार्फत विद्यालयका विद्यार्थीहरूलाई कपी, पेन्सिल, शार्पनर , इरेजर, ज्योमेट्री बक्स तथा न्यानो हुडी वितरण गरिएको […]

Feb 6, 2025 - 10:06
 0
भायानेटद्वारा श्री देवकोटा आधारभूत विद्यालयलाई सहयोग वितरण

काठमाडौँ । भायानेट कम्युनिकेसनले श्री देवकोटा आधारभूत विद्यालयलाई सहयोग वितरण गरेको छ । कम्पनीले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सुनसरी जिल्लाको श्री देवकोटा आधारभूत विद्यालय, इनरुवामा विद्यार्थीहरूलाई आवश्यक शैक्षिक सामग्री र न्यानो कपडा वितरण गरेको हो ।

उक्त सहयोग कार्यक्रममार्फत विद्यालयका विद्यार्थीहरूलाई कपी, पेन्सिल, शार्पनर , इरेजर, ज्योमेट्री बक्स तथा न्यानो हुडी वितरण गरिएको कम्पनीले जनाएको छ ।

विद्यालयका प्रधानाध्यापकले भायानेटको यस सहयोगले विद्यार्थीहरूको पठनपाठनमा थप सहयोग पुग्ने र उनीहरूको जाडो मौसममा स्वास्थ्य सुरक्षामा पनि योगदान दिने विश्वास व्यक्त गरे ।

भायानेट कम्युनिकेसनले आफ्नो सीएसआर कार्यक्रमअन्तर्गत देशभरका विभिन्न विद्यालय तथा संस्थाहरूसँग सहकार्य गर्दै सामाजिक सेवाका कार्यक्रमहरू गर्दै आइरहेको छ । संस्थाले शिक्षाको पहुँचलाई प्रवर्द्धन गर्न र स्थानीय समुदायलाई सहयोग पुर्‍याउन प्रतिबद्धता जनाएको छ ।

यस प्रकारका सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूले शिक्षा र प्रविधिको क्षेत्रमा नयाँ अवसरहरू सिर्जना गर्ने लक्ष्य भायानेटले राखेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register