प्रचण्डले भने- ‘चोरबाटोबाट स्टक एक्सचेञ्जको लाइसेन्स दिइँदैछ’ 

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स चोरबाटोबाट दिन खोजिएको आरोप लगाएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् ।  उनले अहिलेको सरकार जसरी भए पनि नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिने प्रयासमा रहेको भन्दै लाइसेन्स दिन चोरबाटोको प्रयोग गरेको आरोप लगाएका छन् ।  त्यस्तै, प्रचण्डले नयाँ स्टक […]

Feb 6, 2025 - 13:00
 0
प्रचण्डले भने- ‘चोरबाटोबाट स्टक एक्सचेञ्जको लाइसेन्स दिइँदैछ’ 

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स चोरबाटोबाट दिन खोजिएको आरोप लगाएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् । 

उनले अहिलेको सरकार जसरी भए पनि नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिने प्रयासमा रहेको भन्दै लाइसेन्स दिन चोरबाटोको प्रयोग गरेको आरोप लगाएका छन् । 

त्यस्तै, प्रचण्डले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स वितरण गर्ने प्रक्रियामै चलखेल भएको आशय प्रकट गर्दै त्यसतर्फ सचेत हुन सरकारको ध्यानाकर्षण गराएका छन् । 

यसअघि नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले पनि नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स वितरणमा ठूलो चलखेल भएको सार्वजनिक लेखा समितिको बैठकमा आरोप लगाएका थिए । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register