नवलपुर महोत्सवको तयारी पुरा

नवलपरासी।पर्यटन,कृषि,उद्योग र व्यापारको उत्सव-समृद्ध नवलपुरका लागि आठौं महोत्सव भन्ने मुल मन्त्र सहित शुक्रबार देखि पूर्वी नवलपरासीको डण्डामा महोत्सव हुने भएको छ । आयोजक संस्था नवलपुर उद्योग बाणिज्य संघले बिहिबार महोत्सव स्थलमा पत्रकार सम्मेलनको आयोजना गरि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । महोत्सवको उद्योग,बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीद्वारा उद्घाटन हुने कार्यक्रम रहेको महोत्सव आयोजक […]

Feb 6, 2025 - 17:44
 0
नवलपुर महोत्सवको तयारी पुरा

नवलपरासी।
पर्यटन,कृषि,उद्योग र व्यापारको उत्सव-समृद्ध नवलपुरका लागि आठौं महोत्सव भन्ने मुल मन्त्र सहित शुक्रबार देखि पूर्वी नवलपरासीको डण्डामा महोत्सव हुने भएको छ ।

आयोजक संस्था नवलपुर उद्योग बाणिज्य संघले बिहिबार महोत्सव स्थलमा पत्रकार सम्मेलनको आयोजना गरि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । महोत्सवको उद्योग,बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीद्वारा उद्घाटन हुने कार्यक्रम रहेको महोत्सव आयोजक मूल समारोह समितिका अध्यक्ष बैकुण्ठ प्रसाद अर्यालले बताए ।

महोत्सव उद्घाटन पूर्व विभिन्न जातजातिका झाकि सहितको रेलीले कावासोती १६ स्थित डण्डा नगर परिक्रमा गर्ने जनाईएको छ । महोत्सवमा कृषि, उद्योग ,बाणिज्य तथा सेवामूलक विभिन्न संघ सस्थाका स्टलहरू रहनेछन् । कृषि, अटोमोवाईल,निशुल्क आँखा जाँच, नि: शुल्क औषधि वितरण सहितका २ सय ५० स्टल मध्ये प्यागोडा शैलीका केही स्टलले महोत्सवमा आकर्षण थपेको बताईएको छ ।

पूर्व पश्चिम महेन्द्र राजमार्ग किनारको अंकुर आदर्श सामुदायिक वनको खाली जमिनमा संचालन हुने महोत्सवमा करिब ५ करोड रूपैयाँ बराबरको कारोबार हुने आयोजकको भनाई रहेको छ ।यही माघ २५ देखि फागुन १० गते सम्म संचालनहुने महोत्सवमा विबिध सांस्कृतिक कार्यक्रम,रत्यौली राष्ट्रिय दोहोरी गीत प्रतियोगिता, फिस टनेल सहितको वाटर पार्क,सुनामी झुला,पिङ लगायतका मनोरञ्जनात्मक खेल उद्यान,भान्सा घर तथा खाना स्टलहरू रहने नवलपुर उद्योग बाणिज्य संघका महासचिव सागर पोख्रेलले बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register