आज छ प्रदेशको बजेट सार्वजनिक हुँदै

Jun 16, 2023 - 02:20
 0
आज छ प्रदेशको बजेट सार्वजनिक हुँदै
आज छ प्रदेशको बजेट सार्वजनिक हुँदै

काठमाडौं। आज छ वटा प्रदेशले आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट प्रस्तुत गर्दैछन् ।संवैधानिक प्रावधान अनुसार, प्रदेश सरकारले आज वार्षिक बजेट सार्वजनिक गर्न लागेका हुन् । अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ अनुसार सबै प्रदेशले १ असारमा आगामी आर्थिक वर्षको आय व्यय सहितको वार्षिक बजेट प्रदेश सभामा पेश गर्नुपर्ने व्यवस्था छ । संविधानतः संघ सरकारले १५ जेठमा बजेट सार्वजनिक गरेपछि प्रदेश सरकारले १ असारमा बजेट सार्वजनिक गर्नुपर्नेछ ।

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीले प्रदेश सभामा बजेट प्रस्तुत गर्नेछन् । कोशी प्रदेश सरकारले भने हिजो बिहीबार अध्यादेशमार्फत ३६ अर्ब २४ करोड ३५ लाख १० हजारको बजेट सार्वजनिक गरिसकेको छ ।

सातै प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याइसकेका छन् । प्रदेश सरकारले आ-आफ्नो प्रदेश अनुरुप प्राथमिकता निर्धारण गरेर बजेट तयार पारेको जनाएका छन् ।

प्रदेश सरकारले कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन, सडक, खानेपानी र रोजगारी सिर्जना लगाएतका विषयलाई प्राथमिकतामा राखेर बजेट तयार पारेको जनाएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1