गुडलक म्यानपावरको ‘ब्याड सर्भिस’, विदेश पठाउने भन्दौ लाखौँ ठगी, ‘४ वर्ष बित्न लाग्दा पनि भिसा आएन’

काठमाडौँ । काठमाडौँको सामाखुसीमा रहेको गुडलक इन्टरनेशनल म्यानपावरले लाखौँ ठगी गरेको पाइएको छ । रोजगारीका लागि क्रोयशिया लगायतका देश पठाइदिने भन्दै म्यानपावरले ठगी गरेको पाइएको हो । उक्त म्यानपावरबाट भिसा अप्लाई गरेकाहरु अहिले रुनु न हाँस्नु भएका छन् । अहिले उक्त म्यानपावरबाट ठगिएकाहरु दैनिक म्यानपावर कार्यलयमा पुग्छन् । तर, उनीहरुले न म्यानपावरका सञ्चालकलाई भेट्न पाउँछन्, […]

Feb 9, 2025 - 02:39
 0
गुडलक म्यानपावरको ‘ब्याड सर्भिस’, विदेश पठाउने भन्दौ लाखौँ ठगी, ‘४ वर्ष बित्न लाग्दा पनि भिसा आएन’

काठमाडौँ । काठमाडौँको सामाखुसीमा रहेको गुडलक इन्टरनेशनल म्यानपावरले लाखौँ ठगी गरेको पाइएको छ । रोजगारीका लागि क्रोयशिया लगायतका देश पठाइदिने भन्दै म्यानपावरले ठगी गरेको पाइएको हो ।

उक्त म्यानपावरबाट भिसा अप्लाई गरेकाहरु अहिले रुनु न हाँस्नु भएका छन् । अहिले उक्त म्यानपावरबाट ठगिएकाहरु दैनिक म्यानपावर कार्यलयमा पुग्छन् ।

तर, उनीहरुले न म्यानपावरका सञ्चालकलाई भेट्न पाउँछन्, न सञ्चालकले उनीहरुको फोन नै उठाउँछन् । बरु म्यानपावरका कर्मचारीलाई ‘उहाँ १० मिनेटमा अफिस आउनुहुन्छ रे’ भन्न लगाउने र दिनभर कुराउने गरेको म्यानपावरबाट पीडित प्रशान्त पौडेलले गुनासो गरेका छन् । ‘४१ महिना भयो म्यानपावरलाई पैसा दिएको ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै उनले भने, ‘न भिसा आएको छ, न पैसा फिर्ता दिएको छ । दिन्छु मात्रै भन्छ तर पैसा नै दिँदैन ।’

पौडेलका अनुसार उनले उक्त म्यानपावरका सञ्चालक कुमार भनेर चिनिने तेजबहादुर लामिछानेलाई करिब ४ वर्षअघि २ लाख रुपैयाँ बुझाएका थिए । तर, पैसा बुझाएर भिसा आउँछ भनेको ४१ महिना बितिसक्दा पनि भिसा नआएको पौडेलले गुनासो गरेका छन् ।

पैसा दिएको महिनौँ बितिसक्दा पनि भिसा नआएपछि उनले म्यानपावरसँग पैसा फिर्ता मागेका थिए । बल्लतल्ल म्यानपावर सञ्चालक लामिछानेले उनलाई २ लाखमध्ये २० हजार फिर्ता गरे र बाँकी पैसा पछि फिर्ता गर्ने बाचा गरे । तर, पीडित पौडेलले अझैसम्म पनि म्यानपावरबाट पैसा फिर्ता पाएका छैनन् । अत्ति भएपछि पौडेल बुधबार म्यानपावरमै गएर आफू प्रहरीमा उजुरी दिन जान लागेको भन्दै जानकारी गराए । प्रहरीमै जाने भनेपछि आत्तिएर आएका म्यापावर सञ्चालक लामिछानेले उनलाई १ लाख ५० हजारको चेक दिए ।

तर, लामिछानेले दिएको चेक अर्कै व्यक्तिको भएको र हस्ताक्षर पनि फरक परेको तथ्या पौडेलले बैंक पुगेपछि थाहा पाए । त्यसयता म्यानपावर सञ्चालक सम्पर्कमै नभएको पौडेलले बताएका छन् । हामीले पनि उक्त म्यानपावर संचालक लामिछानेसंग सम्पर्क गर्ने प्रयास गर्यौं तर उनी सम्पर्कमा आएनन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register