राजदूत घिमिरे भेटेर सत्याग्रहले भन्योः गोर्खा वार्ता मन्त्रिस्तरिय हुनुपर्छ

लन्डन । गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले बेलायतका लागि नेपाली राजदूत चन्द्र कुमार घिमिरेसंग शिष्टाचार भेट गरेको छ । प्रमुख संयोजक कृष्णबहादुर राईको नेतृत्वमा सत्याग्रह केन्द्रिय समितिका १२ सदस्यले सोमबार दूतावास भवन गएर राजदूत घिमिरेलाई औपचारिक स्वागत गर्दै गोर्खा वार्ताबारे छलफल गरे । भेटमा प्रमुख संयोजक कृष्णबहादुर राईले राजदूत घिमिरेसमक्ष यसअघि भएका त्रिपक्षीय वार्ता श्रृंखलाबारे […]

Feb 10, 2025 - 20:20
 0
राजदूत घिमिरे भेटेर सत्याग्रहले भन्योः गोर्खा वार्ता मन्त्रिस्तरिय हुनुपर्छ

लन्डन । गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले बेलायतका लागि नेपाली राजदूत चन्द्र कुमार घिमिरेसंग शिष्टाचार भेट गरेको छ ।

प्रमुख संयोजक कृष्णबहादुर राईको नेतृत्वमा सत्याग्रह केन्द्रिय समितिका १२ सदस्यले सोमबार दूतावास भवन गएर राजदूत घिमिरेलाई औपचारिक स्वागत गर्दै गोर्खा वार्ताबारे छलफल गरे ।

भेटमा प्रमुख संयोजक कृष्णबहादुर राईले राजदूत घिमिरेसमक्ष यसअघि भएका त्रिपक्षीय वार्ता श्रृंखलाबारे पुनः स्मरण गराउंदै आगामी कदम सम्बन्धमा संस्थागत धारणा राखेका थिए ।

२२ मार्च २०१८ मा भएको त्रिपक्षीय वार्तामा तत्कालिन भेट्रान मिनिष्टर मार्क ल्यान्काष्टरले आफ्नो लेभलको वार्ताले कुनै निर्णय गर्न नसक्ने बताएर पन्छिएको स्मरण गराउंदै राईले गत १२ फेब्रुअरी २०२० मा नेपाल सरकारले बेलायतलाई क्याबिनेट मन्त्रीस्तरको उच्चस्तरिय वार्ता कमिटी गठन गर्न आग्रह गरेपनि बेलायतले नसुनेको अवगत गराए ।

‘बेलायती पक्षबाट राज्यमन्त्री सरहको कमिटीले कुनै निर्णय गर्न नसक्ने भएपछि फेरि त्यही तहको वार्ता कमिटीले केही उपलब्धि हासिल गर्न सक्दैन । त्यसकारण दुवै राष्ट्रको उच्चस्तरिय कमिटी मात्र आगामी वार्तामा बस्नुपर्छ’, राईले राजदूत समक्ष भने ।

प्रमुख संयोजक राईले मार्च अन्तिमसम्म पनि वार्ता प्रक्रिया अगाडि नबढे आफूहरु पुनः आन्दोलनमा जान वाध्य हुने चेतावनी समेत दिएका छन् ।

राईले सत्याग्रह कुनै एउटा संगठन नभई धेरै गोर्खा संगठनहरु मिलेर बनेको साझा संस्था भएको पनि प्रष्टयाएका थिए ।

करिब एक घण्टा लामो भेटवार्तामा राजदूत घिमिरेले गोर्खा मुद्दा आफ्नो मुख्य प्राथमिकता भएको जनाउंदै कूटनीतिक वार्तामार्फत नै यसको समाधान निस्कने र यसका लागि आफू प्रयत्नरत रहेको बताएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register