मुगु हेल्थ पोष्ट सहयोगार्थ बेलायतका १६ युवाले गरे ३ सय किमी साइकलयात्रा

लन्डन- नेपाली साइक्लिङ क्लब यूकेका सदस्यहरुले पोर्चुगलदेखि स्पेनसम्मको तीन दिने च्यारिटी साइकलयात्रा गरेका छन् । हेल्प नेपाल नेटवर्कको २५ औं स्थापना दिवसका सन्दर्भका नेटवर्कको सहयोगार्थ क्लबका १६ सदस्यले ३ सय किमी दूरीको साइकलयात्रा पूरा गरेका हुन् । गत शनिबार पोर्चुगलको एल्बफेराबाट शुरु गरिएको साइकला यात्रा सोमबार स्पेनको सेभिल पुगेर समापन भएको थियो । साइकल यात्रीहरुले […]

May 8, 2025 - 08:56
 0
मुगु हेल्थ पोष्ट सहयोगार्थ बेलायतका १६ युवाले गरे ३ सय किमी साइकलयात्रा

लन्डन- नेपाली साइक्लिङ क्लब यूकेका सदस्यहरुले पोर्चुगलदेखि स्पेनसम्मको तीन दिने च्यारिटी साइकलयात्रा गरेका छन् ।

हेल्प नेपाल नेटवर्कको २५ औं स्थापना दिवसका सन्दर्भका नेटवर्कको सहयोगार्थ क्लबका १६ सदस्यले ३ सय किमी दूरीको साइकलयात्रा पूरा गरेका हुन् ।

गत शनिबार पोर्चुगलको एल्बफेराबाट शुरु गरिएको साइकला यात्रा सोमबार स्पेनको सेभिल पुगेर समापन भएको थियो ।

साइकल यात्रीहरुले तीन दिनमा जम्मा १३ घण्टा लगाएर ३ सय किमीको दूरी पूरा गरेको नेपाली साइक्लिङ क्लब यूकेका ह्यारी गुरुङले नेपालीलिंकलाई  जानकारी दिए ।

साइकलयात्रामा सहभागी क्लबका सदस्यहरुमा ह्यारी गुरुङ, प्रसिद्ध प्रधान, लछुमन गुरुङ, हरिहर उपाध्याय, कौस्तुपराज पौड्याल, रवि रिमाल, आमोद प्रधान, सुनिल कार्की, अनिल शाही, राजेन्द्र आले, सुलभ पन्त, पूर्णकुमार श्रेष्ठ, भाष्कर कर्मचार्य, पुष्कर राजकर्णिकार, नारायण अधिकारी र निक तामाङ छन् ।

च्यारिटी साइकल यात्राबाट संकलित रकम हेल्प नेपाल नेटवर्कद्धारा २ दशकअघि मुगुमा स्थापित एक हेल्थ पोष्टलाई सहयोग गरिनेछ।

मुगु हेल्थ पोष्टका लागि ५ हजार पाउन्डको सहयोग जम्मा गर्ने लक्ष्य साइकलयात्रीहरुको छ । जसका लागि उनीहरुले ‘जस्टगिभिङ’ मार्फत् सहयोग संकलन गरिरहेका छन् ।

मुगुको हेल्थ पोष्टलाई सहयोग जुटाउन सञ्चालन गरिएको परोपकारी अभियानमा जोडिएर सहयोग गर्न नेपाली साइक्लिङ क्लब यूकेले सबैमा आव्हान गरेको छ ।

सहयोग गर्ने लिंक:

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register