सुनको मूल्यमा भारी गिरावट

काठमाडौं । सुनको मूल्यमा आज (बुधबार) भारी गिरावट आएको छ । छापावाल सुनको मूल्य आज तोलामा २ हजार ७०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज सुन तोलामा १ लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । मङ्गलबार भने सुनको मूल्य तोलामा ६०० ले बढेर १ लाख ७० हजार २०० रुपैयाँ […]

Feb 12, 2025 - 05:37
 0
सुनको मूल्यमा भारी गिरावट

काठमाडौं । सुनको मूल्यमा आज (बुधबार) भारी गिरावट आएको छ । छापावाल सुनको मूल्य आज तोलामा २ हजार ७०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज सुन तोलामा १ लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । मङ्गलबार भने सुनको मूल्य तोलामा ६०० ले बढेर १ लाख ७० हजार २०० रुपैयाँ पुगेको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि थोरै घटेको छ । आज तोलामा १५ रुपैयाँले घटेको महासङ्घले जनाएको छ ।

चाँदीको मूल्य आज १ हजार ९३० रुपैयाँले कारोबार भइरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register