ओलीले पार्टी अध्यक्ष छाड्नु हितकर हुन्छ : घनश्याम भुसाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले एमालेको नेतृत्वमाथि प्रश्न उठाएपछि भीम रावललाई पार्टीबाट निकालिएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा भुसालले आफ्नो विरोध गर्नेलाई केपी ओलीले शत्रु ठान्ने र आफ्ना चाकरी गर्नेलाई काखी च्याप्ने गरेको बताए । अहिलेको अवस्थामा ओलीको सबै प्रयोग असफल भएकाले पार्टीको नेतृत्व छाड्नु हितकर हुने उनले सुझाव दिए […]

Dec 28, 2024 - 08:51
 0
ओलीले पार्टी अध्यक्ष छाड्नु हितकर हुन्छ : घनश्याम भुसाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले एमालेको नेतृत्वमाथि प्रश्न उठाएपछि भीम रावललाई पार्टीबाट निकालिएको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा भुसालले आफ्नो विरोध गर्नेलाई केपी ओलीले शत्रु ठान्ने र आफ्ना चाकरी गर्नेलाई काखी च्याप्ने गरेको बताए ।

अहिलेको अवस्थामा ओलीको सबै प्रयोग असफल भएकाले पार्टीको नेतृत्व छाड्नु हितकर हुने उनले सुझाव दिए । उनले रावललाई आफ्नै पार्टीमा आउन आह्वान समेत गरे ।

भुसालले सहकारी प्रकरणमा भएको छानबिनमा केही गडबढ भएको महसुस आफूलाई भएकाले निष्पक्ष न्यायीक छानविन हुनुपर्ने बताए ।

रास्वपा सभापति रवि लामिलानेलाई इर्ष्या कारण केही दुःख दिएको हुनसक्ने उनले बताए । त्यस्तै, महासचिव भुसालले गणतन्त्रमा अपेक्षाअनुसारको नेतृत्व देशले अझै पाउन नसकेको धारणा राखे ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register