आईसीसीको कारबाहीमा परिन् बङ्गलादेशी खेलाडी अख्तर, ५ वर्ष प्रतिबन्ध
काठमाडौं । बङ्गलादेशकी अफ स्पीनर शोहेली अख्तर भ्रष्टाचारको आरोपमा प्रतिबन्धित हुने पहिलो महिला क्रिकेटर बनेकी छिन् । दुई एकदिवसीय र १३ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेकी अख्तर खेल फिक्स गर्ने प्रयास, घुस प्रस्ताव, अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को भ्रष्टाचार विरोधीसंहिता (एसीयू)मा सम्पूर्ण विवरण खुलासा नगर्ने साथै अनुसन्धानमा बाधा पुर्याएको आरोपमा दोषी ठहर भएकी हुन् । अख्तरले भ्रष्टाचारविरोधी […]

काठमाडौं । बङ्गलादेशकी अफ स्पीनर शोहेली अख्तर भ्रष्टाचारको आरोपमा प्रतिबन्धित हुने पहिलो महिला क्रिकेटर बनेकी छिन् ।
दुई एकदिवसीय र १३ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेकी अख्तर खेल फिक्स गर्ने प्रयास, घुस प्रस्ताव, अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को भ्रष्टाचार विरोधीसंहिता (एसीयू)मा सम्पूर्ण विवरण खुलासा नगर्ने साथै अनुसन्धानमा बाधा पुर्याएको आरोपमा दोषी ठहर भएकी हुन् ।
अख्तरले भ्रष्टाचारविरोधी संहिताका पाँच प्रावधान उल्लङ्घन गरेको स्वीकार गरेपछि उनलाई पाँच वर्षका लागि क्रिकेटबाट प्रतिबन्ध लगाइएको इएसपीएन क्रिकइन्फोले जनाएको छ ।
दक्षिण अफ्रिकामा भएको २०२३ महिला टी–२० विश्वकपका बेला एक बङ्गलादेशी खेलाडीलाई प्रस्ताव गरेको अख्तरमाथि आरोप छ ।
३६ वर्षीया अख्तर सो विश्वकपका लागि बङ्गलादेश टिमको खेलाडी सूचीमा परेकी थिइनन् । उनले पछिल्लो पटक अक्टोबर २०२२ मा खेलेकी थिइन् ।
सन् २०२३ १४ फेब्रुअरीमा एसीयूको अनुसन्धान अख्तर र सो खेलाडीबीच फेसबुक मेसेन्जरमा भएको कुराकानीमा केन्द्रित थियो । सोहीदिन बङ्गलादेश र अष्ट्रेलियाबीचको विश्वकप खेल थियो ।
अख्तरले खेलाडीलाई सो खेलमा ‘हिट विकेट’ भएर आउट हुने शर्तमा २० लाख बङ्गलादेशी टाका करिब १६,४०० अमेरिकी डलर दिने प्रस्ताव राखेकी थिइन् ।
तर, ती खेलाडीले सो प्रस्ताव एसीयूलाई तुरुन्तै जानकारी गराइन् । साथै अख्तरले पठाएको भ्वाइस नोटहरू पनि प्रमाणका रूपमा उपलब्ध गराइन्, जुन अख्तरले आफ्ना डिभाइसहरूबाट मेटाइसकेकी थिइन् ।
एसीयूसँगको अन्तर्वार्तामा अख्तरले ती भ्वाइस मेसेजहरू पठाएको स्वीकार गरिन् । तर, उनले सुरुवाती चरणमा आफूले गरेको प्रस्ताव कुनै भ्रष्ट नभई बङ्गलादेशी खेलाडीहरू फिक्सिङमा संलग्न छैनन् भन्ने देखाउनकै लागि ती मेसेज पठाएको दाबी गरेकी थिइन् ।
पहिलो अन्तर्वार्तामा अख्तरले एसीयूलाई केही स्क्रिनसटहरू देखाउँदै ती मेसेजहरू आफू र एक साथीबीच भएको ‘च्यालेन्ज’सम्बन्धी कुराकानी भएको दाबी गरिन् । उनले ती सन्देशहरू १४ फेब्रुअरीभन्दा अगाडि आदानप्रदान भएको बताइन् । तर, एसीयूले ती फाइलहरू १४ फेब्रुअरीपछि मात्र सिर्जना गरिएको प्रमाण भेट्टायो ।
प्रतिबन्धको अवधि निर्धारण गर्दा आईसीसीले अख्तरले सुनुवाइ नगरी सिधै सजाय स्वीकार गरेकाले अनुसन्धानका लागि समय र खर्च जोगिएको तथा अन्य भ्रष्टाचारविरुद्ध लड्न फाइदा पुगेको भन्दै पाँच वर्षको प्रतिबन्ध उचित हुने निष्कर्ष निकालेको हो ।
आईसीसीकाअनुसार “पाँच वर्षको अयोग्यता अवधि उचित र सन्तुलित छ । अख्तरले यस प्रतिबन्धलाई स्वीकार गरेकी छन् । त्यसैले उनलाई पाँच वर्षका लागि क्रिकेटबाट प्रतिबन्ध लगाइन्छ ।”
यस्तो हुँदा फैसलाविरुद्ध अख्तर र आइसीसीलाई कसैले पनि पुनरावेदन गर्न पाउने छैनन् ।
एरियूले सिनियर अन्तर्राष्ट्रिय क्रिकेटका सबै अनुसन्धानहरूको निगरानी गर्छ, तर आरोप नलागेका केसहरू सार्वजनिक गर्दैन ।
तथापि, महिला क्रिकेटसम्बन्धी केही अनुसन्धानहरू विगतमा भएका भएपनि भ्रष्टाचारको प्रयासमा अनुसन्धान गरी आरोपसहित निष्कर्षमा पुगेको यो पहिलो पटक भएको विश्वास गरिएको छ ।
What's Your Reaction?






