दिल्लीलाई ७ विकेटले हराउँदै गुजरात शीर्ष स्थानमा

काठमाडौं । गुजरात टाइटन्सले शनिबार भएको खेलमा दिल्ली क्यापिटल्सलाई ७ विकेटले पराजित गरेको छ। यो जितसँगै गुजरात अङ्क  तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। दिल्लीले दिएको २०४ रनको लक्ष्य गुजरातले १९.२ ओभरमा मात्र ३ विकेट गुमाएर पुरा गर्‍यो । गुजरातको जितमा जोस बटलरले अविजित ९७ रनको उत्कृष्ट पारी खेले। उनलाई शेरफान रुथरफोर्डले ४३ र साइ सुदर्शनले […]

Apr 19, 2025 - 15:29
 0
दिल्लीलाई ७ विकेटले हराउँदै गुजरात शीर्ष स्थानमा

काठमाडौं । गुजरात टाइटन्सले शनिबार भएको खेलमा दिल्ली क्यापिटल्सलाई ७ विकेटले पराजित गरेको छ। यो जितसँगै गुजरात अङ्क  तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

दिल्लीले दिएको २०४ रनको लक्ष्य गुजरातले १९.२ ओभरमा मात्र ३ विकेट गुमाएर पुरा गर्‍यो । गुजरातको जितमा जोस बटलरले अविजित ९७ रनको उत्कृष्ट पारी खेले। उनलाई शेरफान रुथरफोर्डले ४३ र साइ सुदर्शनले ३६ रन बनाएर राम्रो साथ दिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ८ विकेट गुमाउँदै २०३ रन बनाएको थियो। दिल्लीका लागि कप्तान अक्सर पटेलले सर्वाधिक ३९ रन बनाए भने आशुतोष शर्माले ३७, करुन नायर र ट्रीस्टान स्टब्सले ३१-३१ रनको योगदान दिए। गुजरातका बलर प्रसिद्ध कृष्णले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए भने मोहमद सिराज, अर्षद खान, इशान्त शर्मा र साइ किशोरले एक-एक विकेट हात पारे।

यो जितपछि गुजरातले ७ खेलमा ५ जितसहित १० अंक जोडेर तालिकाको शीर्ष स्थान कब्जा गरेको छ। समान ७ खेलमा १० अंक भए पनि दिल्ली क्यापिटल्स दोस्रो स्थानमा झरेको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register