समृद्धि फाइनान्सद्वारा शंकर देव क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौँ । समृद्धि फाइनान्सले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । फाइनान्सको पुतलीसडक शाखाले शंकर देव क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो । बीबीए प्रथम सेमेस्टरका ६० जना विद्यार्थीहरूलाई लक्षित गरी आयोजित कार्यक्रममा बैंक तथा वित्तीय संस्थाहरू (बीएफआई) सम्बन्धी विविध जानकारी प्रदान गरिएको थियो । कार्यक्रम समृद्धि फाइनान्सका प्रमुख व्यवसाय प्रवर्धन अधिकृत शुभाष श्रेष्ठको […]

Feb 12, 2025 - 10:44
 0
समृद्धि फाइनान्सद्वारा शंकर देव क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौँ । समृद्धि फाइनान्सले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । फाइनान्सको पुतलीसडक शाखाले शंकर देव क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।

बीबीए प्रथम सेमेस्टरका ६० जना विद्यार्थीहरूलाई लक्षित गरी आयोजित कार्यक्रममा बैंक तथा वित्तीय संस्थाहरू (बीएफआई) सम्बन्धी विविध जानकारी प्रदान गरिएको थियो ।

कार्यक्रम समृद्धि फाइनान्सका प्रमुख व्यवसाय प्रवर्धन अधिकृत शुभाष श्रेष्ठको नेतृत्वमा सम्पन्न भएको थियो । कार्यक्रममा बीएफआईहरूको संगठन प्रक्रिया, कार्यक्षेत्र, रोजगारीका अवसरहरू, बैंक वर्गीकरण तथा सहकारीबीचको भिन्नता जस्ता विषयहरूमा विद्यार्थीहरूलाई विस्तृत जानकारी प्रदान गरिएको ह । साथै, वित्तीय क्षेत्रमा उपलब्ध अवसरहरूबारे विद्यार्थीहरूलाई मार्गदर्शन गरिएको थियो ।

विद्यार्थीहरूले कार्यक्रमलाई अत्यन्त जानकारीमूलक र उपयोगी रहेको प्रतिक्रिया दिएका छन्। समृद्धि फाइनान्सले आगामी दिनहरूमा पनि यस्ता वित्तीय सचेतना कार्यक्रमहरू सञ्चालन गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register