अव विदेश भ्रमण जाँदा सरकारलाई ५ प्रतिशत कर तिर्नुनपर्ने ! 

काठमाडौँ । सरकारले विदेश भ्रमणमा लिँदै आएको शुल्क हटाएको छ । सरकारले आर्थिक विधेयक २०८२ मार्फत विदेश भ्रमणमा जाँदा लिँदै आएको शुल्क आगामी आर्थिक वर्षदेखि लागू हुनेगरि हटाएको हो ।  सरकारले हाल विदेशी विनिमय सञ्चितिमा परेको दबाब रोक्न र आयात निरुत्साहतदेखि वैदेशिक भ्रमणमा कडाइ गर्न विदेश भ्रमणमा जाने नेपालीबाट पाँच प्रतिशत शुल्क उठाउँदै आएको थियो […]

May 30, 2025 - 11:59
 0
अव विदेश भ्रमण जाँदा सरकारलाई ५ प्रतिशत कर तिर्नुनपर्ने ! 

काठमाडौँ । सरकारले विदेश भ्रमणमा लिँदै आएको शुल्क हटाएको छ । सरकारले आर्थिक विधेयक २०८२ मार्फत विदेश भ्रमणमा जाँदा लिँदै आएको शुल्क आगामी आर्थिक वर्षदेखि लागू हुनेगरि हटाएको हो । 

सरकारले हाल विदेशी विनिमय सञ्चितिमा परेको दबाब रोक्न र आयात निरुत्साहतदेखि वैदेशिक भ्रमणमा कडाइ गर्न विदेश भ्रमणमा जाने नेपालीबाट पाँच प्रतिशत शुल्क उठाउँदै आएको थियो । 

तर, पछिल्लो समय विदेशी मुद्राको सञ्चितिमा परेको दबाब कम भएपछि सरकारले विदेश भ्रमणमा जाँदा लिँदै आएको शुल्क खारेज गरेको हो । योसँगै अव आर्थिक वर्ष २०८२ ८३ देखि भ्रमणका लागि विदेश जाने नेपालीले सरकारलाई छुट्टै शुल्क तिर्नु नपर्ने भएको छ । 

यसो त यसअघि विदेश भ्रमणका प्याकेज बिक्री गर्ने फर्म वा कम्पनीले नै उक्त शुल्क उठाउँदै आएका थिए । अब भने विदेश भ्रमण जाँदा यस्तो शुल्क नलाग्ने भएको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register