कसरी स्लीपम्याक्सिङले निद्राको गुणस्तर बढाउँछ ?

एजेन्सी । हालका केही वर्षमा निद्राको महत्त्व स्वास्थ्यको लागि कति आवश्यक छ भन्ने कुरा युवा पुस्तालाई धेरै स्पष्ट भएको छ । यस्तो अवस्थामा आजकल जेड जेनेरेसन बिच ‘स्लीपम्याक्सिङ’ नामक प्रचलन बढ्दै गएको छ । आखिर निद्रासँग सम्बन्धित यो ट्रेन्ड के हो र यसले कसरी तपाईंको स्वास्थ्यको ख्याल कसरी राख्छ ? स्लीपम्याक्सिङ एउटा वेलनेस ट्रेन्ड हो, […]

Feb 12, 2025 - 10:41
 0
कसरी स्लीपम्याक्सिङले निद्राको गुणस्तर बढाउँछ ?

एजेन्सी । हालका केही वर्षमा निद्राको महत्त्व स्वास्थ्यको लागि कति आवश्यक छ भन्ने कुरा युवा पुस्तालाई धेरै स्पष्ट भएको छ ।

यस्तो अवस्थामा आजकल जेड जेनेरेसन बिच ‘स्लीपम्याक्सिङ’ नामक प्रचलन बढ्दै गएको छ । आखिर निद्रासँग सम्बन्धित यो ट्रेन्ड के हो र यसले कसरी तपाईंको स्वास्थ्यको ख्याल कसरी राख्छ ?

स्लीपम्याक्सिङ एउटा वेलनेस ट्रेन्ड हो, जसमा निद्राको गुणस्तर र मात्रा सुधार गर्न विभिन्न प्रकारका प्रविधि र उत्पादनहरूको प्रयोग गरिन्छ । यसको लक्ष्य राम्रो शारीरिक र मानसिक स्वास्थ्य प्राप्त गर्नु हो ।

राति ओछ्यानमा जानु अघि सेल्फ केयर, रिल्याक्सेसन टेक्निक, मेडिटेसन र डीप ब्रिदिङमा जोड दिइन्छ । यसबाहेक निद्रालाई राम्रो बनाउन अनुकूल वातावरण बनाइन्छ, जसले गर्दा सुत्नु अघि मनलाई शान्त पार्न सकिन्छ र तपाईंले राम्रो निद्रा प्राप्त गर्न सक्नुहुन्छ ।

आफ्नो जीवनशैलीमा कसरी समावेश गर्ने ?

  • सुत्नको लागि तालिका बनाउनुहोस् र त्यसमा अडिग रहनुहोस् ।
  • सुत्नु अघि कोठा शान्त पार्नुहोस् र बत्ती बन्द भए नभएको सुनिश्चित गर्नुहोस् ।
  • सुत्नु अघि उच्च तीव्रताका क्रियाकलापहरू जस्तै इलेकट्रोनिक उपकरणहरूको प्रयोग वा व्यायामबाट बच्नुहोस् ।
  • सुत्नु अघि मन र शरीरलाई शान्त पार्न ध्यान वा गहिरो श्वास जस्ता रिल्याक्सेसन टेक्निकहरूको अभ्यास गर्नुहोस् ।
  • सुत्नु अघि क्याफिन, निकोटिन र धेरै खाना खानबाट बच्नुहोस् ।

फाइदा

  • पर्याप्त निद्राले छालाका कोशिकाहरूलाई पुनर्जीवित गर्न मद्दत गर्छ, जसले उमेर अघि नै अनुहारमा फाइन लाइन्स र चाउरीहरू देखा पर्नबाट रोक्छ ।
  • यसले ध्यान, एकाग्रता र मानसिक स्पष्टतालाई पनि बढाउँछ ।
  • यो वेलनेस ट्रेन्डले तौल नियन्त्रण, प्रतिरक्षा प्रणाली र मुटुको स्वास्थ्यको पनि राम्रोसँग ख्याल राख्छ ।
  • स्लीपम्याक्सिङले तनाव हर्मोनलाई नियन्त्रण गर्न मद्दत गर्न सक्छ, जसले शान्ति र आरामको भावना उत्पन्न गर्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register