खानेपानीमन्त्री यादवको आरोप – विद्युत् प्राधिकरणको गल्तीले बबरमहलमा पाइप फुट्यो

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले नेपाल विद्युत् प्राधिकरणको गल्तीका कारण बबरमहल क्षेत्रमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेको आरोप लगाएका छन् । बुधबार बबरमहल क्षेत्र जलमग्न भएपछि त्यहाँ पुगेका यादवले यस्तो बताएका हुन् । उनले भने, ‘विद्युत् प्राधिकरणको गल्तीले घटना भएको हो । लाइन बिछ्याउने क्रममा गरेको गल्तीका कारणले पाइप फुटेको देखिन्छ । हामी र केयूकेएलसँग […]

Feb 12, 2025 - 11:47
 0
खानेपानीमन्त्री यादवको आरोप – विद्युत् प्राधिकरणको गल्तीले बबरमहलमा पाइप फुट्यो

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले नेपाल विद्युत् प्राधिकरणको गल्तीका कारण बबरमहल क्षेत्रमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेको आरोप लगाएका छन् ।

बुधबार बबरमहल क्षेत्र जलमग्न भएपछि त्यहाँ पुगेका यादवले यस्तो बताएका हुन् ।

उनले भने, ‘विद्युत् प्राधिकरणको गल्तीले घटना भएको हो । लाइन बिछ्याउने क्रममा गरेको गल्तीका कारणले पाइप फुटेको देखिन्छ । हामी र केयूकेएलसँग नसोधि काम गर्‍यो ।’

उनीसँगै काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का सीईओ अशोक पौडेल पनि बबरमहल पुगेका थिए ।

पाइप फुट्दा निस्किएको पानी वन परिसर, विशेष अदालत, जिल्ला अदालतलगायतका सरकारी कार्यालयमा पसेको छ ।

खानेपानीको पाइप फुट्दा बबरमहल क्षेत्र डुबानमा (तस्वीरहरू)

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register