२३ दिनमा अमेरिकाबाट २० नेपाली निकालिए 

काठमाडौँ । अमेरिकाको सत्ता डोनाल्ड ट्रम्पले सम्हालेपछि २० जना नेपालीहरु देश निकालामा परेका छन् । जनवरी २० देखि फेब्रुअरी ११ सम्म २० जना नेपालीहरु देश निकालामा परेका हुन् । अवैध आप्रवासीलाई स्वदेश फर्काउने ट्रम्पको घोषणा अनुसार नै उनीहरुलाई स्वदेश फर्काइएको अमेरिकाको अध्यागमन कार्यालयले जनाएको छ ।  यसो त अमेरिकाले देश निकाला गर्नेहरुको सूचीमा १ हजार […]

Feb 12, 2025 - 11:47
 0
२३ दिनमा अमेरिकाबाट २० नेपाली निकालिए 

काठमाडौँ । अमेरिकाको सत्ता डोनाल्ड ट्रम्पले सम्हालेपछि २० जना नेपालीहरु देश निकालामा परेका छन् । जनवरी २० देखि फेब्रुअरी ११ सम्म २० जना नेपालीहरु देश निकालामा परेका हुन् ।

अवैध आप्रवासीलाई स्वदेश फर्काउने ट्रम्पको घोषणा अनुसार नै उनीहरुलाई स्वदेश फर्काइएको अमेरिकाको अध्यागमन कार्यालयले जनाएको छ । 

यसो त अमेरिकाले देश निकाला गर्नेहरुको सूचीमा १ हजार ३ सय ६५ जना नेपालीहरुको विवरण सार्वजनिक भएको थियो । तर, यसबीचमा १ महिला र १९ जना पुरुषलाई नेपाल फर्काइदिएको छ ।

उनीहरुलाई बिना भिसा यात्रा गरेको र गलत नियतका साथ बसोबास गरेकोले स्वदेश फर्काइएको अमेरिकी अध्यागमन कार्यालयले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register