५ के.जी लागुऔषध पोलाइन्डसहित दुईजना प्रहरीको नियन्त्रणमा 

    काठमाडौँ।    सशस्त्र प्रहरीले काठमाडौँको गोकर्णेश्वर नगरपालिका – ६ जोरपाटी नयाँ बस्तीबाट पोलाइन्ड नामक  लागुऔषध जस्तो पदार्थसहित २ जनालाई बिहीबार  नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोको सूचनाको आधारमा  स्थानीय एक होटलबाट प्लास्टिकले प्याक गरिएको अबस्थामा ५ किलोग्राम  उक्त पदार्थ सहित  सिन्धुली जिल्ला घर भइ हाल गोकर्णेश्वर नगरपालिका नयाँ बस्ती -६ […]

Feb 13, 2025 - 11:44
 0
५ के.जी लागुऔषध पोलाइन्डसहित दुईजना प्रहरीको नियन्त्रणमा 

    काठमाडौँ। 

  सशस्त्र प्रहरीले काठमाडौँको गोकर्णेश्वर नगरपालिका – ६ जोरपाटी नयाँ बस्तीबाट पोलाइन्ड नामक  लागुऔषध जस्तो पदार्थसहित २ जनालाई बिहीबार  नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोको सूचनाको आधारमा  स्थानीय एक होटलबाट प्लास्टिकले प्याक गरिएको अबस्थामा ५ किलोग्राम  उक्त पदार्थ सहित  सिन्धुली जिल्ला घर भइ हाल गोकर्णेश्वर नगरपालिका नयाँ बस्ती -६ बस्ने  ३० बर्षिय र  रामेछाप जिल्ला  मन्थली नगरपालिका -१४ बस्ने २४ बर्षिय  गरि २ युवकलाई  नियन्त्रणमा लिइएको हो । उनीहरुले प्रयोग गरेको स्कुटर र मोटरसाइकल समेत सशस्त्र प्रहरीले लिइएको छ ।

 यसअघि सशस्त्र प्रहरीले गत भदौ २२ गते पनि काठमाडौ महानगरपालिका – ३२ कोटेश्वरबाट  उल्लेखित परिणामको सोही  लागुऔषध जस्तो पदार्थसहित  कञ्चनपुरका एक युवकलाई  नियन्त्रणमा लिएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register