आज प्रस्तावित प्रधानन्यायाधीश कार्कीको संसदीय सुनुवाइ

Jun 15, 2023 - 02:03
 0
आज प्रस्तावित प्रधानन्यायाधीश कार्कीको संसदीय सुनुवाइ
आज प्रस्तावित प्रधानन्यायाधीश कार्कीको संसदीय सुनुवाइ

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको संसदीय सुनुवाइ आज हुँदैछ । बुधबार सिंहदरबारमा बसेकाे समितिकाे बैठकले उजुरीकर्ताहरूसँग छलफल गरेपछि कार्कीलाई आज सुनुवाइका लागि बाेलाएकाे हाे । बिहान ८ बजे बस्ने बैठकमा प्रस्तावित प्रधानन्यायाधीश कार्कीले आफ्नाे कार्ययोजना प्रस्तुत गर्नुहुनेछ ।

सुनुवाइ समितिले कार्कीको नाम अनुमोदन गरेमा राष्ट्रपति रामचन्द्र पाैडेलले उहाँलाई प्रधानन्यायाधीशमा नियुक्त गर्नुहुनेछ । वैशाख २५ गते बसेकाे संवैधानिक परिषद्काे बैठकले कार्कीलाई सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।

प्रधानन्यायाधीशको पद करिब १५ महिनादेखि रिक्त छ । कार्कीले नै कामु प्रधानन्यायाधीशका रुपमा साे जिम्मेवारी सम्हाल्दै आउनुभएकाे छ । ६५ वर्षे उमेर हदका कारण आगामी साउन २० देखि कार्कीले अनिवार्य अवकाश पाउँदै हुनुहुन्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1