हावाहुरीबाट स्कुलको र घरको छाना उडाउँदा अठारलाख बढीको क्षति

उदयपुर ।       शुक्रवार बिहानको ४ः३० बजे अविरल वर्षा सँगै आएको हावाहुरीको कारण विभिन्न स्थानहरुमा रहेका विद्यालयको छानो, घरको छानोहरु उडाउँदा १८ लाख २० हजार बराबरको क्षति भएको छे । हावाहुरीबाट उदयपुरगढी गाउँपालिका वडा नं ६ जगरेटारस्थितमा रहेको श्री माध्यमिक विद्यालय नेपालटारको जस्तापाताको छाना उडाउँदा पठनपाठनमा अवरोध भएको छ । मावि जगरेटारका प्रधानाध्यापक […]

May 16, 2025 - 18:33
 0
हावाहुरीबाट स्कुलको र घरको छाना उडाउँदा अठारलाख बढीको क्षति

उदयपुर ।

      शुक्रवार बिहानको ४ः३० बजे अविरल वर्षा सँगै आएको हावाहुरीको कारण विभिन्न स्थानहरुमा रहेका विद्यालयको छानो, घरको छानोहरु उडाउँदा १८ लाख २० हजार बराबरको क्षति भएको छे ।

हावाहुरीबाट उदयपुरगढी गाउँपालिका वडा नं ६ जगरेटारस्थितमा रहेको श्री माध्यमिक विद्यालय नेपालटारको जस्तापाताको छाना उडाउँदा पठनपाठनमा अवरोध भएको छ ।

मावि जगरेटारका प्रधानाध्यापक वीरध्वज निरौलाले दिएको जानकारी अनुसार शुक्रवार बिहान साढेचार बजेतिर आएको हावाहुरी र वर्षाल घ कोठे पक्कीे विद्यालयको टीनको छानो उडाएर पठन पाठनमा अवरोध भएको छ । हावाहुरीले टिनको छानो ५० मिटर पर पु¥याएको छ घने तीनलाख बढीको क्षति भएको प्रअ निरौलाले जनाएका छन् । 

यसै गरी जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार चौदण्डीगढी नगरपालिका वडा १० खैराझोडा बस्ने वर्ष ३१ को गिता पाण्डेको बाँस र खरले बनेको भुँइतल्ले घरको छानो उडाई ५०,०००।–को क्षति भएको छ । सोही ठाउँ बस्ने वर्ष ५२ को नवराज दुलालको बाँसको टाँटी बेरा, काठ र टिनको छानो भएको दुइ तल्ले घरको छानो उडाई रु. ३,५०,०००।–को क्षति भएको छ ।

 सोही ठाउँ नै बस्ने वर्ष ४७ को भरत राउतको काठ, बाँसको बेरा र टिनको छानो भएको भुइतले घरको छानो उडाई रु. २,००,०००।–को षति भएको छ भने  सोही ठाउँ बस्ने वर्ष ४० को सुभाष अधिकारीको पक्की टिनको छानो भएको एक तले घरको छानो उडाएको  र उक्त घरमा संचालन गरेको किराना पसलका सामानहरू समेत क्षति हुँदा रु. २,००,०००।–, को क्षति भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । 

यस्तै चौदण्डीगढी १० खैराझोडा बस्ने वर्ष २८ को सम्भव अधिकारीको काठ, बाँसको बेरा र टिनको छानो भएको भुइतले घरको छानो उडाई १,५०,०००।–को क्षति भएको छ । सोही वडाको खैराझोडामा नै बस्ने बस्ने वर्ष ५२ को खगिन्द्र श्रेष्ठको काठ, बाँसको बेरा र टिनको छानो भएको भुइतले घरको छानो उडाई रु.२,००,०००। बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

 सोही ठाउँ बस्ने अर्का बस्ने वर्ष ४१ को ध्रुव खत्रीको काठ, बाँसको बेरा र टिनको छानो भएको भुइतले घरको छानो उडाई रु. ३,००,०००।–क्षति भएको छ ।
 त्रियुगा नगरपालिका वडा १३ असारी सरस्वति टोल बस्ने वर्ष ३५ को हर्क श्रेष्ठको टिनको छाना तथा बासको टाटिबेरा भएको भुई घरको छानो उडाई अ ७०,०००।– बराबरको क्षति भएको छ । सोही वडाका असारकिा कृष्ण श्रेष्ठको घरको छानो उडाएकोमा छिमेक लघुवित्त वित्तिय संस्थाले बचतकर्ता भएका कारण शुक्रवार नै ५ हजार आर्थिक सहयोग गरेको संस्थाका शाखा प्रवन्धक सन्तोष कुमार चौधरीले जनाएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register